काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिँदै आएको बताएका छन् ।
रुसको औपाचारिक भ्रमणका क्रममा आज त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, “हामी रुससँगको हाम्रो सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिन्छौँ, विकासोन्मुख देशका रुपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ ।”
अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउने उपाय पनि खोज्ने आशा व्यक्त गरे ।
उनले कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच विविध क्षेत्रमा सहकार्य हुँदै आएको बताए । उनले सोभियत सङ्घले नेपाललाई अस्पताल, सडक, जलविद्युत् आयोजना र कारखाना निर्माणमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
बुद्ध धर्मले रुसका विभिन्न क्षेत्रमा एक सहस्राब्दीभन्दा बढी समयदेखि गहिरो प्रभाव पारेको उनको भनाइ छ । “उन्नाइसौँ शताब्दीमा रुसी वैज्ञानिकले नेपालमा बुद्ध अभ्यासको विशेष अध्ययन गर्न आवश्यक ठाने, सन् १८७५ मा महान रुसी विद्वान इभान मिनाएभले बुद्ध धर्मका बारेमा आफ्नो अनुसन्धानका लागि काठमाडौँको भ्रमण गरे, यो आधुनिक इतिहासमा हाम्रो सम्बन्धको सुरुआत बिन्दु बन्यो”, उनले भने ।
उन्नाइसौँ र २० औँ शताब्दीका रूसी विद्वानले बौद्ध धर्ममा गरेका काम शैक्षिक क्षेत्रमा राम्रोसँग स्थापित भएका जनाउँदै उनले बुद्ध धर्मले नेपाल र रुसलाई औपचारिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै पहिलेदेखि नै जोडेको बताए ।
नेपालका तर्फबाट पहिलो पटक सन् १९५३ मा पूर्णबहादुर एमए, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले तत्कालीन सोभियत सङ्घको भ्रमण गरेको स्मरण गर्दै उनले त्यसको तीन वर्षपछि मात्रै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: