Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नवलपरासी बन्द आठौँ दिन पनि जारी

\"Nepalपरासी । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज आठौँ दिन पनि निरन्तर जारी छ । अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पूर्ण  बजार, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था यातायात पूर्णरुपमा बन्द भएका छन् । अखण्ड नवलपरासीको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका अगुवा रामभवन यादवले बताए । प्रस्तावित प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्र्याएको भन्दै नवलपरासी दाउन्ने पश्चिम क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । यसैबीच थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्दका कारण नवलपरासीको जनजीवन प्रभावित बन्दै गएको छ । नौजना बन्दकर्ता घाइते नवलपरासीको बासाबसही चोकमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा छ जना आन्दोलनकारी घाइते भएका छन् । त्यसैबीच बेलासपुर चोकमा बाटो बन्द गरी बसिरहेको बन्दकर्तालाई पनि सशस्त्र प्रहरीले लाठीचार्ज गरी बाटो खुलाउन खोज्दा तीनजना बन्दकर्ता घाइते भएका छन्  । बन्दका क्रममा तीनवटा गाडी जलाइएको छ भने प्रेस, प्रहरी र निजीलगायत करिब दुई दर्जन सवारी साधन तोडफोडसमेत भएका छन् । प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप हुँदा दुवै पक्षका गरी २० भन्दा बढी घाइते भएका छन् । आठ दिनदेख चलिरहेको बन्दले आज पनि उद्योग, कलकारखाना, यातायात, शैक्षिक सङ्घसंस्था, बजार ठप्प छन् । जिल्लामा अखण्ड नवलपरासी सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट थरुवान सङ्घर्ष समिति र वैद्य माओवादीसमेत गरी चार पक्षको फरकफरक बन्द जारी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending