सिन्धुपाल्चोक । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो ।
भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ ९शिक्षा०ले जनाएको छ ।
इकाइको तथ्याङ्कअनुसार भूकम्पले चार सय ९६ विद्यालयका चार हजार एक सयभन्दा बढी कक्षाकोठामा क्षति पुगेको थियो । विद्यालय भवन पूर्णरूपमा सम्पन्न भएर विद्यार्थी अस्थायी शिक्षण केन्द्रबाट सुविधा सम्पन्न भवनमा अध्ययन गर्न थालेका छन् ।
भूकम्पअघि जस्ताका टहरामा पढाइ हुने गरेकोमा पछिल्लो समय बनेका विद्यालय भवन भूकम्प प्रतिरोधी मात्र नभएर भव्य र आकर्षक रहेको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी बताउन्छन् ।
“सबै विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन् , सुवेदीले भन्नुभयो, “पूर्वाधारमा कुनै कमी छैन ।” चिनियाँ राजदूतावासको सहयोगमा भवन बनेको रत्नराज्य मावि चनौटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सनत अधिकारीले निर्माण भएका भवनको साख जोगाउनु चुनौती रहेको बताए ।
“भवन पाँच तारे होटल जस्तो भव्य र सुविधा बनेको छन्”, अधिकारीले भने, “अब भवन अनुसारको शैक्षिक उपलब्धि प्राप्त गर्नु विद्यालयको चुनौती हो ।”
भूकम्पपछि बनेका विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता पूर्वाधार र फर्निचरसमेत दाताले नै उपलब्ध गराएको इकाइ प्रमुख सुवेदीले बताए । अधिकांश विद्यालयमा खेल मैदान पनि निर्माण गरिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: