Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन ७७ जिल्लालाई परिपत्र

खबरडबली संवाददाता

काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ।

बेरुजु फछ्र्यौटको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशनसहित मन्त्रालयले मङ्गलबार परिपत्र गरेको हो।

‘महालेखा परीक्षकको कार्यालयबाट नियमित हुनुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्ट्याईसहित सक्कल टिप्पणी फाइल नियमित गर्न जेठ १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउनुहोला’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

सरकारी कार्यालयको बेरुजु फछ्र्यौटको प्रतिशतलाई सम्बन्धित लेखा उत्तरदायी अधिकारी र उक्त कार्यालयमा काम गर्ने कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधारका रुपमा लिइने कानुनी व्यवस्था छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले बेरुजु फछ्र्यौटका आधारमा कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन हुने उल्लेख छ।

मन्त्रालयले परिपत्रमार्फत सम्बन्धित लेखा उत्तरदायी अधिकारी र कर्मचारीलाई यो कानुनी व्यवस्थाबारे पनि स्मरण गराएको छ ।

बेरुजु फछ्र्यौट गर्ने÷गराउने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

सरकारी कार्यालयमा रहेको बेरुजु असुलउपर गरी लेखापरीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ ।
   
‘महालेखा परीक्षकको कार्यालयबाट असुलउपर गर्नुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्राचार गरी सूचना पठाउने र असुरउपर गरी लेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला’, परिपत्रमा भनिएको छ, ‘पेस्की बेरुजुका रुपमा कायम भएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण, कागजात बिल भरपाई आदि सङ्कलन गरी यथाशीघ्र पेस्की फछ्र्यौट गर्ने र महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला ।’

बीसवर्ष अघिको बेरुजु फछ्र्योट व्यवस्थापनका लागि त्यसको विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय पठाउन भनिएको छ ।

‘आर्थिक वर्ष २०५९/६० सम्मको पुरानो बेरुजुको हकमा असुल उपर गर्नुपर्ने, सरकारी हानि–नोक्सानी र फछ्र्यौट भएको बाहेकको बेरुजु लगत कट्टाका लागि आवश्यक प्रक्रिया पूरा गरी लगत कट्टा गर्ने वा लगत कस्ने प्रयोजनका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउन अनुरोध छ”, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE