Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन ७७ जिल्लालाई परिपत्र

खबरडबली संवाददाता

काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ।

बेरुजु फछ्र्यौटको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशनसहित मन्त्रालयले मङ्गलबार परिपत्र गरेको हो।

‘महालेखा परीक्षकको कार्यालयबाट नियमित हुनुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्ट्याईसहित सक्कल टिप्पणी फाइल नियमित गर्न जेठ १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउनुहोला’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

सरकारी कार्यालयको बेरुजु फछ्र्यौटको प्रतिशतलाई सम्बन्धित लेखा उत्तरदायी अधिकारी र उक्त कार्यालयमा काम गर्ने कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधारका रुपमा लिइने कानुनी व्यवस्था छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले बेरुजु फछ्र्यौटका आधारमा कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन हुने उल्लेख छ।

मन्त्रालयले परिपत्रमार्फत सम्बन्धित लेखा उत्तरदायी अधिकारी र कर्मचारीलाई यो कानुनी व्यवस्थाबारे पनि स्मरण गराएको छ ।

बेरुजु फछ्र्यौट गर्ने÷गराउने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

सरकारी कार्यालयमा रहेको बेरुजु असुलउपर गरी लेखापरीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ ।
   
‘महालेखा परीक्षकको कार्यालयबाट असुलउपर गर्नुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्राचार गरी सूचना पठाउने र असुरउपर गरी लेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला’, परिपत्रमा भनिएको छ, ‘पेस्की बेरुजुका रुपमा कायम भएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण, कागजात बिल भरपाई आदि सङ्कलन गरी यथाशीघ्र पेस्की फछ्र्यौट गर्ने र महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला ।’

बीसवर्ष अघिको बेरुजु फछ्र्योट व्यवस्थापनका लागि त्यसको विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय पठाउन भनिएको छ ।

‘आर्थिक वर्ष २०५९/६० सम्मको पुरानो बेरुजुको हकमा असुल उपर गर्नुपर्ने, सरकारी हानि–नोक्सानी र फछ्र्यौट भएको बाहेकको बेरुजु लगत कट्टाका लागि आवश्यक प्रक्रिया पूरा गरी लगत कट्टा गर्ने वा लगत कस्ने प्रयोजनका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउन अनुरोध छ”, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्दार गरियो- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुक...

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । का...

भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता

भक्तपुर । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल...

बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ । उक्त बुलेट बाढीमा बग्दै गर्दा ...

न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा

काठमाडौँ । न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्यूजील्याण्ड आफ्नो पहिलो इनिंगमा केवल ८८ रनमा अल आउट भ...

बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ । अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन...

अबिरल वर्षासँगै रौतहटको बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेडजोनमा

रौतहट । पछिल्लो तीनदिन देखि अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमत...

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन

काठमाडौँ । बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना...

विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओली...

प्राकृतिक प्रकोप बारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy