काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।
‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु,’ सन्देशमा भनिएको छ।
उनले २५६७औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ।
त्यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा अर्चना लगायत विविध कार्यक्रम गरी मनाइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...
फाल्गुन २६ गते, २०८२ - १६:५४
काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...
फाल्गुन २६ गते, २०८२ - १६:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...
फाल्गुन २६ गते, २०८२ - १६:३४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...
फाल्गुन २६ गते, २०८२ - १६:२७
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...
फाल्गुन २६ गते, २०८२ - १५:५६
सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...
फाल्गुन २६ गते, २०८२ - १५:४१
रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...
फाल्गुन २६ गते, २०८२ - १५:१७
काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...



प्रतिकृया लेख्नुहोस्: