काठमाडौं । शुक्रबार आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा वि.सं २०७८ सालमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट नायक पल शाह र नायिका पूजा शर्माले ‘बेष्ट पर्दाको जोडी’को अवार्ड प्राप्त गरे ।
यो अवार्ड घोषणा भैरहँदा नायक पल शाह हलमा थिए । तर, पूजा शर्मा कार्यक्रम स्थलमा आइपुगेकी थिइनन् । यसैले, पलले एक्लै स्टेजमा गएर यो अवार्ड थापे ।
यसको केही मिनेटपछि पूजा शर्मा हलमा प्रवेश गरिन् । सायद, पूजा आएको थाहा पाएर हुनसक्छ कार्यक्रम संचालक तथा आयोजक दिनेश डीसीले यही अवार्ड प्रदान गर्न पूजालाई फेरि स्टेजमा बोलाए । उनले, पूजासँग पललाई पनि स्टेजमा बोलाएका थिए ।
स्टेज नजिक भएकाले पल स्टेजमा पुगे र पूजालाई पर्खिए । पूजा केही समयपछि स्टेजमा चढिन् । सो समयमा पूजा र पलको खासै बोलचाल भएन । पाठकलाई जानकारी गराऔं कि, जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल आमुन्ने सामुन्ने भएका थिए ।
पूजाले अवार्ड ग्रहण गरिन् । पलले पहिले नै अवार्ड लिइसकेका थिए । त्यसपछि, पूजाले पललाई तानिन् र स्टेजको केही अगाडिको भागमा लगिन् । दुबै जनाले क्यामेरातिर फर्किएर अवार्ड देखाए ।
तर, उनीहरुबिच त्यस्तो कुनै गफगाफ भएको वा दुबैले एक अर्काको अनुहारमा हेरेर खुशी साटेको देखिएन । यसपछि, दुबै जना स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गएका थिए ।
अवार्ड सकिएपछि मिडियाकर्मीसँग कुराकानी गर्ने क्रममा पनि पूजाले पलसँग ‘हाई हेल्लो’ मात्र भएको बताएकी थिइन् ।
जेलबाट निस्किएपछि पल र पूजाको सम्बन्धमा तिक्तता आएको भन्ने खालका खबर सार्वजनिक भैरहेको समयमा एकसाथ स्टेज चढेर पनि यी दुई बेष्ट पर्दाका जोडीले खुलेर खुशी साट्न सकेनन् । यसले, यी दुइबिच राम्रै खटपट भएको वुझ्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: