काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको उमेर स्पष्ट नभएको बताएको छ।
न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले जाहेरीकर्ता गौशाला २६ को उमेर सम्बन्धमा अर्को पत्र ल्याउन आदेश भएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। उनका अनुसार इजलासले गौशाला २६ को जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ।
उक्त वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्बन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको हो।
साथै गौशाला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएकाले स्थानीय तह र अस्पताल दुवै ठाउँबाट फेरि अर्को पत्र ल्याउन आदेश भएको प्रवक्ता दाहालले जानकारी दिए।
वडाको पत्र र अस्पतालका कागज दुवैले जाहेरीकर्ता नाबालिग नदेखिने स्पष्ट हुँदाहुँदै किचलो गर्न खोजिएको भन्दै सन्दीपका कानूनव्यवसायीहरू असन्तुष्ट बनेका छन्।
गत वर्षको भदौ २१ मा लामिछानेविरुद्ध जबरजस्ती करणीको अभियोगमा जाहेरी दर्ता भएको थियो। त्यसको एक महिनापछि पक्राउ परेका उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीसहित सशर्त रिहा गरेको थियो।
लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा यसअघि २ पटकसम्म पेशी तोकिएर स्थगित भएको थियो।
एकपटक भने बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दैमा राख्नुपर्नेमा अर्को तारिख दिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: