काठमाडौं । इरानी सैनिक जनरल अली शमखानीलाई सेना प्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।
इरानका राष्ट्रपति इब्राहिम रायसीले सोमबार लामो समयदेखि खाडी मुलुक इरानका सेना प्रमुख तथा खाडी मुलुकसँगको वार्तामा प्रमुख मध्यस्थकर्ता रहेका शमखानीलाई हटाएर सोमबार रिभोलुसनरी गार्ड्सका जनरल अली अकबर अहमदियालाई देशको शीर्ष सुरक्षा निकायको नयाँ जिम्मेवारीमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिको आधिकारिक वेबसाइटमा भनिएको छ, “अली अकबर अहमदियाँलाई राष्ट्रपतिको आदेशद्वारा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखमा नियुक्त गरिएको छ ।”
नेसनल डिफेन्स युनिभर्सिटीमा अध्ययन गरेका अहमदियानयाँ पदमा नियुक्त हुनुअघि इस्लामिक रिभोलुसनरी गार्ड कोरको रणनीतिक केन्द्रको जिम्मेवारीमा रहेका थिए ।
उनी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको सल्लाहकार बोर्डको रूपमा काम गर्ने एक्सपिडेन्सी काउन्सिलका सदस्य पनि थिए ।
अहमदियाँले यसअघि रिभोल्युसनरी गार्ड्सको नौसैनिक बलको कमान्डर र गार्ड्सको ज्वाइन्ट स्टाफको प्रमुखको रूपमा पनि काम गरिसकेका छन् ।
गत मार्चमा सुन्नी समुदायको शक्ति केन्द्र साउदी अरबसँग इरानको ऐतिहासिक सम्बन्ध स्थापनामा महत्वपूर्ण भूमिका खेलेका ६७ वर्षीय अली शमखानीको करिब एक दशक लामो कार्यकाल समाप्त भएको छ ।
यसअघि रिभोलुसनरी गार्डका कमाण्डरसमेत रहेका शमखानीलाई इरानको केही खाडी मुलुकसँगको वर्षौं लामो तनाव कम गर्ने श्रेय दिइएको थियो ।
सन् २०१३ को सेप्टेम्बरमा उनलाई सुरक्षा परिषद्को प्रमुखमा नियुक्त गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: