Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

झापामा फरार प्रतिवादी धमाधम पक्राउ

खबरडबली संवाददाता

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय ३२ जनालाई पक्राउ गरिएको छ । 

पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापामा पठाइएको उनले जानकारी दिए । उनले पक्राउ गरिएकामध्ये एक सय १८ पुरुष र १४ महिला भएको बताए । अपराधका २६ मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी चोरी घटनामा संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० को पुसदेखि वैशाखसम्ममा चोरी घटनामा २१, लागुऔषधमा २०, कीर्तेजालसाजीमा ११, वनसम्बन्धी मुद्दामा ११, सवारी ज्यान मुद्दामा १० जना छन् ।


प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।  विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ । 

ऋन्
हाल फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई दैनिकजसो पक्राउ गरिरहेको उनले जानकारी दिए । उनले प्रहरीले प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान र जरिवानाका लागि कारागार चलान गर्ने गरेको बताए ।

ल्बदष् िदबलप
जिल्लामा गोरु मारेका, चिठ्ठासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, जुवासम्बन्धी कसुर, ठगी, बालयौन दुरुपयोग, विदेशी विनिमय, सम्बन्धविच्छेद, लेनदेन, बहुविवाह, आपराधिक उपद्रव, हिसाब यकिन गरी पाउ, नाता कायम, डाँका, गाली बेइज्जतीलगायतका मुद्दाका प्रतिवादी पक्राउ परिरहेको उनले बताए ।
 “कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई धमाधम पक्राउ गरिरहेका छौँ”, उनले भने, “अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाउँछौँ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy