काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् ।
‘न्यायः अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको आज सार्वजनिक गर्दै उनले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताए । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उनले सबैलाई उपयोगी हुने उक्त पुस्तक पढ्न आग्रहसमेत गरे ।
“पूर्वीय दर्शनबारे हामीलाई नै थाहा छैन, पश्चिमाले पूर्वीय दर्शनकै विषयमा लेखेका पुस्तक किन्छौँ”, कामु प्रन्या कार्कीले भने, “न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी छ ।”
महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताए । उनले पूर्वीय दशर्नमा न्याय भनेको अनुभूति भएको बताए ।
पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताए । वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्वपूर्ण रहेको बताए ।
पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको र सबैले पढ्दा राम्रो हुने विश्वास व्यक्त गरे । पुस्तकमा पौरस्त्य न्याय प्रणालीलाई एउटा मौलिक प्रणालीका रूपमा शोधमूलक गर्ने प्रयास भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: