ग्रीस । ग्रीसमा बुधबार सरकार गठनको प्रयास असफल भएपछि यसै बर्षायाममा दोस्रो आम निर्वाचन हुने भएको छ ।
सत्तारुढ कन्जरभेटिभ पार्टी न्यू डेमोक्रेसी पार्टीले आइतबार भएको निर्वाचनमा ४०।७९ प्रतिशत मत प्राप्त गरे पनि संसदीय बहुमत प्राप्त गर्न नसकेपछि गठबन्धन सरकार बनाउने प्रयास गरेको थियो ।
गठबन्धन सरकार गठनको प्रयास असफल भएपछि ग्रीसका राष्ट्रपति कटेरिना साकेलारो पोलोउले ग्रीसको सर्वोच्च आर्थिक अदालतका अध्यक्ष इओनिस सरमासलाई कामचलाउ सरकारको प्रमुखमा नियुक्त गरेका छन् ।
उनको नेतृत्वको सरकारले देशलाई निर्वाचनमा लैजानेछ । तीन सय सदस्यीय नयाँ संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतासँगको बैठकपछि यो कदम चालिएको हो ।
“स्वीकार गर्नु मेरो संवैधानिक दायित्व हो र नागरिकको रूपमा मेरो कर्तव्य पनि हो,“ सरमासले राष्ट्रपतिको कामचलाउ सरकारको प्रमुखका लागि गरेको आग्रहपछि सकारात्मक जवाफ दिँदै भने ।
ग्रीसको संविधानअनुसार यस्तो अवस्थामा कामचलाउ सरकारको नेतृत्व गर्न एक जना उच्च न्यायाधीश नियुक्त गरिन्छ । नयाँ सरकारले यसै साताको अन्त्यमा शपथ ग्रहण गर्ने अपेक्षा गरिएको छ । रोचक कुरा के छ भने नवनिर्वाचित सांसदहरूले आइतबार शपथ लिनेछन् र संसद विघटन हुनेछ ।सोमबार नयाँ निर्वाचनको घोषणा हुनेछ ।
प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगामी जुन २५ मा पुनः निर्वाचन को आह्वान गरेका छन् । अर्को चुनावमा संशोधित निर्वाचन प्रणाली प्रयोग गरिनेछ, जसले विजयी दललाई ५० अतिरिक्त सिटको बोनस प्रदान गर्नेछ र यसले एक दलीय सरकार गठन गर्न मद्दत गर्नेछ ।
राजनीतिक विश्लेषकहरुका अनुसार यो प्रणालीअन्तर्गत सबैभन्दा अगाडि रहेको उम्मेदवारले करिब ३८ प्रतिशत मतका साथ संसद्मा पूर्ण बहुमत प्राप्त गर्न सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८० - २०:४९
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...
जेष्ठ २३ गते, २०८० - २०:३४
काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...
जेष्ठ २३ गते, २०८० - २०:१७
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सात...
जेष्ठ २३ गते, २०८० - २०:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...
जेष्ठ २३ गते, २०८० - १९:५३
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार...
जेष्ठ २३ गते, २०८० - १९:११
जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...
जेष्ठ २३ गते, २०८० - १९:१०
काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा...
जेष्ठ २३ गते, २०८० - १९:०६
काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...
जेष्ठ २३ गते, २०८० - १८:४७
काठमाडौं । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडा अध्यक्ष सब्दुल मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित...
जेष्ठ २३ गते, २०८० - १८:४१
फैजाबाद । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन...
प्रतिकृया लेख्नुहोस्: