Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आजदेखि हुने

खबरडबली संवाददाता

काठमाडौं । लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज विहीवारदेखि प्रशारण  हुने भएको छ ।

एभरेस्ट हेडलाइन्स डिजिटल ९इएच डिजिटल० मा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत  प्रसारण गर्ने मिति तय भएअनुरुप आज विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भए लगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण हुने बताइएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन् । 

सिजन ३ को रुपमा पर्दापण हुन लागेको सक्किगोनि झण्डेै ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेको हो । 

सिजन २ पछि केही समयको विश्राम लिइ नयाँ जोश जाँगर र कथा शैलीका साथ आउन लागेको हो । दर्शकको चाहना र स्वादलाई द‍ृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको बताइएको छ ।

 दर्शकको बहुप्रतिक्षामा रहेको सक्किगोनि मनोरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालको हुने बताइएको छ । 

यसको टिजरमा कतार उड्‍न  लागेको एक पात्रलाई चित्रण गरिएको छ । जुन आँखा रसाउने खालको छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएको छ । 

देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौ भनेर कनेक्सन मात्र गर्न यस्तो टिजर बनाएको निर्देशक कुमार कट्टेलले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...

सुनकोशीमा वेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...

ए डिभिजन लिग फुटबलः एफसी खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।    सात...

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...

कर्णाली प्रदेशः नीति कार्यक्रममाथिको छलफल सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।  मुख्यमन्त्री राजकुमार...

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला

जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...

बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँः सांसद भट्टराई

काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।    प्रतिनिधिसभाको आज बसेको बैठकमा...

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...

वडा अध्यक्ष ५० हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं ।  सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडा अध्यक्ष सब्दुल मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  ५० हजार घुससहित...

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, छ जना घाइते

फैजाबाद । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page