Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सिमाकंनलाई लिएर भएको कहाँको आन्दोलनमा कुन दलको समर्थन ?

\"dal_swartha_andolan\"काठमाडौं । ६ प्रदेशको सीमाकंनमा असन्तुष्टी जनाउँदै देशका विभिन्न स्थानमा अहिले बन्द, विरोध, जुलुस, धर्ना जस्ता गतिविधि भइरहेका छन् । सुर्खेतमा भएको आन्दोलनमा तिनजनाको ज्यान गइसकेको छ भने ठाउँठाउँमा गोलीसमेत चलेको छ । दलबीच केन्द्रमा सहमति भएपनि प्रादेशिक संरचनामा सीमाको विषयलाई लिएर विभिन्न जिल्लामा प्रदर्शन र विरोध हुने क्रम नरोकिएपछि दलहरुले संविधान निर्माणको विषयमा अझै प्रष्ट सहमति गर्न सकेका छैनन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु बिहानदेखि रातीसम्म बानेश्वर र सिंहदरबारमा हुने छलफलमा केन्द्रित भए पनि संघीयताको सीमा, धर्म, थ्रेसहोल्ड जस्ता विषयमा अझै सहमतिमा पुग्न सकेका छैनन् । देशका विभिन्न स्थानमा भएका आन्दोलनमा शीर्ष नेताकै स्वार्थ र चासो जोडिंदा एक हप्तादेखिका यस्ता बैठक निरर्थक बन्दै आएका छन् । बिहानैबाट सुरु हुने बैठकबाट खाना खान निस्कँदै गर्दा ‘कुरा मिल्न लाग्यो’ भन्ने प्रतिक्रिया मिडियालाई दिए पनि बेलुका बैठक सकी निक्कँदा तिनै नेताहरुबीच कुरा मिल्दैन । यो क्रम हत्तादिनसम्म चल्दै गर्दा सुरुमा शान्त देखिएको नवलपरासीमा आन्दोलन बढ्दो छ । सुर्खेत, बाँके बर्दीया, कर्णालीका जुम्ला÷हुम्ला र पूर्वमा मोरङसम्म एक हप्तादेखि आन्दोलित छ । यस्तो हुनुका पछि प्रमुख दल अनि नेताकै चासो र स्वार्थले काम गरेको छ । नेताहरु माथि र बाहिर सहमति तथा संघियताको कुरा गर्छन भने तल र जिल्ला वा क्षेत्रमा गएर अखण्ड या अरु त्यस्तै आन्दोलनलाई समर्थन र सहयोग गरिरहेका भेटिन्छन् । कहाँ कुन नेताको चासो र स्वार्थ ? अखण्ड सुदुरपश्चिम कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी नेता लेखराज भट्टले सुदुरपश्चिमसँग थारु बाहुल्य जिल्ला कैलाली र कन्चनपुर अनि कर्णालीका जिल्ला पनि छोड्न नमान्दा कर्णाली र कैलाली÷कन्चनपुर दुवै आज आन्दोलित छ । हिजोको प्रशासनिक र भौगोलिक विभाजनमा आफूहरुलाई पेलिएको र हेपिएको भन्दै कर्णाली फेरि पनि सुदुरपश्चिमका यिनै  नेताको खटनपटन नस्वीकार्ने भन्दै अस्विकार गरिरहेको छ । यता कैलाली कन्चनपुरपनि थारुहरुको आदीभुमि भएकोले उपल्लो भुगोलसँग उत्पिडनमा पर्ने डरले उता गाभिन मानिरहेको छैन । तर, देउवा, रावल, भट्टहरु केन्द्रीय नेताको रुपमा भन्दा क्षेत्रीय स्वार्थ र दाउका राजनीति गरिहेका छन् । जनता एकातिर नेता अर्कोतिर भएको सुदुरपश्चिमको यो आन्दोलन नेताहरुको स्वार्थका कारण भइरहेको छ  । कांग्रेस नेता देउवा र एमाले नेता रावलका कारण नेपाली कांग्रेस र एमाले जनताको पक्षमा भन्दा नेताहरुको पक्षमा उभिएको देखिन्छ । एमाओवादी भने कणार्लीका जनताको माग र कैलाली÷कन्चनपुरका जनताको मागको पक्षमा छ । एमाओवादी नेता लेखराज भट्टले पार्टी छोड्ने धम्की दिँदासमेत माओवादी नेताको पक्षमा नभई जनताको पक्षमा देखिनु सकारात्मक कुरा हो । सुर्खेतको उस्तै पिरलो सुर्खेतको आन्दोलनले हिंसात्मक रुप लिएको छ । अहिलेसम्म ३ जना सर्वसाधारण मारिएका छन् भने दर्जन भन्दा माथिको संख्यामा अंगभंग भएका छन् । सुर्खेतलाई प्रादेशिक राजधानी बनाउनेपर्ने माग राखेका सुर्खेतबासीको आन्दोलनलाई एमाले नेता प्रकाश ज्वालाहरुको समर्थन रहेको बताइन्छ । सुर्खेतसहित, सिंगो कर्णाली र थारु जिल्लाहरु कैलाली र कन्चनपुर समेत प्रदेश नं.६ मा परेपछि प्रदेशिक राजधानि सुर्खेत नहुने त्रासमा भएको यो आन्दोलनलाई आधा एमालेको समर्थन रहेको बताइन्छ । आन्दोलनले चर्को रुप लिदैं गर्दा सुर्खेत आन्दोलनले छुट्टै अखण्डको माग समेत उठ्न थालेको जानकारहरु बताउँछन् । अखण्ड मध्यपश्चिम मध्यपश्चिममा एमालेका नेताहरुको चासो र स्वार्थ छ । यसमा कांग्रेसकै केही नेताहरुको पनि चासो र स्वार्थ देखिएको छ । कांग्रेसका सभापति सुशील कोइरालादेखि एमालेका विष्णु पौडेल, एमाओवादीका टोपबहादुर रायमाझीसम्मको स्वार्थ यो क्षेत्रमा देखिंएको हो । त्यसैले ५ प्रदेशको राजधानी दाङ, बाँके, बुटवल कहाँ राख्ने भन्नेमा विवाद छ । संघीय प्रदेशको राजधानी नेपालगञ्जलाई बनाउनुपर्ने थारुहरुसहितका मागमा सुशील कोइरालाको पनि साथ रहेको स्रोतको दाबी छ । यद्यपी कोइराला खुलेका छैनन् । तराई÷थरुहट तराईमा पुनः पहाडियाको एकाधिकार र अधिकारबाट बञ्चित पारिने भन्दै वास्तविक थारु आन्दोलनमा छन् । उनीहरुलाई एमाओवादी, फोरम लोकतान्त्रिकको साथ छ । संविधानसभाको प्रक्रियामा असहमत दलहरु थारुका नाममा राजनीति गर्दै भड्काउने र सद्भाव विथोल्नका केन्द्रित छन् । मध्यतराईमा उपेन्द्र, सिंह र महतो मध्य तराईका जिल्लामा उपेन्द्र यादव, कांग्रेसका अमरेशकुमार सिंह  र सद्भावना राजेन्द्र महतो जनता भड्काइरहेका छन् । तराईका जनताको अधिकारका लागि भने पनि उनीहरु वर्षौदेखि मिलेर बसेका तराईबासी र पहाडिया मूलका मानिसबीच सद्भाव विथोल्ने गरी भाषणबाजी गर्दै हिडिरहेका छन् । देशै टुक्र्याउनपर्छ भन्ने उनिहरुको पछिल्लो अडियो प्रकरणसमेत संविधानसभामा झिकाइएको छ भने उनिहरुमाथि कारवाहीको दबाब बढ्न थालेको छ । पूर्वी जिल्ला ओली र सिटौला पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीमा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका कृष्ण सिटौलाको चरम स्वार्थ छ । यसै स्वार्थका कारण थारु बहुल वस्तीलाईसमेत उनीहरुले प्रदेश एकमा राखेका छन् । फोरम नेता विजयकुमार गच्छदार भने थारु बाहुल्य जिल्ला १ नं. प्रदेशमा राख्न नहुने भन्दै आन्दोलन गरिरहेका पूर्वी थारु जनताको साथमा देखिएका छन् । एमाओवादी पनि थारुहरुको सघर्षप्रति सहानुभुति राखिरहेको देखिन्छ । दोलखा, रामेछाप, सिन्धुलीमा कांग्रेस एमाले पछिल्लो समय प्रदेश दुईमा सप्तरीदेखि पर्सासम्मको मात्र तराईको भूभाग भएको भन्दै पहाडसँग जोड्नुपर्ने माग तराईमा भइरहेका बेला दोलखा, सिन्धुली र रामेछाप तराईको जिल्लामा नमिसिने भन्दै आन्दोलित हुने क्रममा छ । यी तीन जिल्ला प्रदेश ३ मा पर्दै काठमाडौंसँग जोडिएका थिए । पछि तराईमा राख्नुपर्ने माग भएपछि यी जिल्लाका कांग्रेस र एमालेका सभासद्हरु एकजुट भएका छन् । राजधानीसंग जोडिएको प्रदेशबाट आफूहरु अब तराईमा नमिसिने भन्दै उनीहरुले हस्ताक्षर अभियान नै चलाएका छन् । कर्णालीलाई एमाओवादीको साथ विभेद, उत्पीडन र अन्यायको पर्याय जस्तै बनेको कर्णालीलाई अहिले एमाओवादीको साथ छ । ६ प्रदेशको सीमाकंन आउने वित्तिकै एमाओवादी नेता कृष्णबहादुर महरासहित ६ सभासद्ले फरक मत राख्दै कर्णालीलाई विशेष रुपमा ख्याल गर्न माग गरेका थिए । उनीहरुले थारुहरुलाई पनि विशेष क्षेत्रका रुपमा राख्न माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy