Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : प्रधानमन्त्री मोदी

खबरडबली संवाददाता

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सदुभावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताएका छन् ।

भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उनले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै त्यसो भनेका हुन् । 

बिहानैदेखि हाम्रो सरकारको बारेमा गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवम् र्‍याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

भारतीय जनता पार्टीका अनुसार ती सभा तथा र्‍यालीलाई आगामी लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो र्‍याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

विशेष सभा र र्‍यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए भने उनले  सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गरेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies