Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एमाले नेता तथा पूर्वमन्त्री गुरुङद्वारा सर्वसाधारणमाथि हातपात

खबरडबली संवाददाता

काभ्रे । पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङ आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा शनिबार साँझ अर्को गाडी चलाइरहेका युवामाथि हमलामा उत्रिएका हुन् । 

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए । सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अगाडि/पछाडि थिए । दोस्रो गाडी चलाइरहेका युवा अमित अधिकारीका अनुसार सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो । 

फेरि दोस्रो पटक पनि त्यसैगरी ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको थियो, त्यही बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै आफूले प्रश्न गरेको बताए ।

‘म पीएसओ हुँ, पूर्वमन्त्री पार्वत गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको भन्दै प्रतिप्रश्न गर्दै थिए । यत्तिकैमा गुरुङ आफैं गाडीबाट झरेर मलाई झापड हाने । प्रहरी चौकी अगाडि प्रहरीकै सामुन्ने हातपात हुँदा उनीहरूले रमिता हेरे,’ अधिकारीले भने । उल्टै अधिकारीलाई प्रहरी चौकीमा पठाउन गुरुङले निर्देशन दिएपछि सोधपुछका लागि भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको थियो ।

‘गाडीमा दाइ, भाउजू, भाइ र म गरी चार जना थियौं,’ उनले भने, ‘परिवारका सबैलाई सोधपुछ गरियो, कहिले मादक पदार्थ सेवन गरेर हो भनेर आरोप लगाएपछि जाँच गर्न पनि हामीले चुनौती दियौं । तर दुर्व्यवहारमा उजुरी दिन खोज्दा भने मिल्नुपर्छ भनेर फर्काइदिए,’ अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने घटनालाई ढाकछोप गर्न खोजे । ‘त्यस्तो खासै ठूलो घटना भएको होइन, कुनै हातपात भएको छैन, सडकमा गाडी चलाउने क्रममा सामान्य विवाद मात्रै हो, ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको रहेछ,’ उनले भने ।

उनले थपे, सोधपुछका लागि गाडी चालकलाई प्रहरी कार्यालय ल्याइएको हो, सोधपुछपछि फर्काइसकेका छौं ।’ पूर्वमन्त्री गुरुङले भने आफूले धकेलिदिएको बताए । ‘काठमाडौंमा उपचाररत बाबु भेट्न गइरहेकाले’ स्वाभाविक रूपमा इमर्जेन्सी लाइट बालेको उनको भनाइ छ । ‘किन साइड नदिएको, तिमी को हो भनेर सोधे, डिस्कस पर्‍यो,’ उनले भने, ‘पब्लिकलाई जाम गरेर हामी बस्न मिलेन नि, ल जाऊ भाइ तिमी उता भनेर मैले यसो धकेलिदिएँ ।’ स्वयम् आरोपीले धकेलेको भन्दा पनि काभ्रे प्रहरी भने केही होइन भनेर घटना दबाउने प्रयासमा लागेको छ ।

गुरुङले यस्तो हर्कत पहिलो पटक मात्र गरेका होइनन् । ०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर उनले काठमाडौंमा गुन्डागर्दी गराएका थिए । गौरीशंकर–१ का वीरध्वज खड्कालाई पिछा गर्दै गुरुङसहितको समूहले काठमाडौं गौशालामा कुटपिट गरेको थियो, यही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो । 

‘मलाई पिछा गरेर गौशालामा मरणासन्न हुने गरी कुटियो, त्यसबेला पार्वत र उनका सहयोगीले नै कुटेका हुन्,’ खड्का भन्छन्, ‘म साता दिनसम्म जुस मात्र खाएर बाँचेको हुँ । कुटाइका कारण मेरो स्वास्थ्य अहिले पनि कमजोर छ ।’ उनले जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत ज्यान मार्ने उद्योगमा उजुरी गरेका थिए । जिल्ला अदालत दोलखाले गुरुङलाई पक्राउ पुर्जी जारी गरेको थियो । 

०७४ को स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच कटु प्रतिस्पर्धा भए पनि लगत्तै संसदीय निर्वाचनमा दुई दल मिलेपछि आफ्नो मुद्दा कमजोर बनाएको उनको गुनासो छ । ‘म निम्न आयवर्गको मान्छे परें, पार्टी मिलेपछि दबाब दिएर मुद्दा निष्क्रिय बनाए,’ उनले भने ।

०७४ को संसदीय निर्वाचनमा दोलखाबाट एमाले र माओवादी गठबन्धनले जितेको थियो । प्रतिनिधिसभामा निर्वाचित गुरुङ, प्रदेशसभामा निर्वाचित पशुपति चौलागाईं र विशाल खड्का खुर्कोटको बाटो हुँदै काठमाडौं आउँदा मन्थली छेउमा गुरुङको गाडी अचानक रोकिएपछि मोटरसाइकल ठोकिएको थियो । लगत्तै गाडीमा उत्रिएका गुरुङले मोटरसाइकल चालकलाई कुटेका थिए । 

तर यो समूह हिँडेपछि मात्र सांसदहरूको टोली हो भन्ने थाहा पाएका र लगत्तै वाम गठबन्धनको सरकार बनेकाले कारबाही गर्न नसकिएको रामेछापका तत्कालीन प्रहरी अधिकारीले बताए । तर, यसैगरी सत्ताको आड पाएका गुरुङले सर्वसाधारणमाथि ज्यादती गर्दा कारबाही नहुँदा नागरिक अधिकार र कानुनको शासनमाथि प्रश्न उठिरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending