काठमाडौं । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ ।
जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ ।
“उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,” जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् । उत्तरकोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो ।
जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, “हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौँ, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चिज, यसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गरेको छ । ”
संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वासिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि कदमको निन्दा गर्दै प्योङ्याङको पछिल्लो प्रक्षेपणको निन्दा गरेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अङ्गको भएको स्पष्ट गरेका छन् । यसअघि उनका एक जना वरिष्ठ सैन्य अधिकारीले अमेरिका र दक्षिण कोरियाका विवेकहीन सैन्य गतिविधि निगरानी गर्न बाध्य भएर जासुसी उपग्रह प्रक्षेपण गर्नुपरेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८० - २०:५४
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीमा नातेदारलाई पद बाँडेको आरोप लागिरहेका वेला युवा नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन्। महासेठ लोसपा...
आश्विन ९ गते, २०८० - २०:४८
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईको सहभागितामा टि–२० त्रिदेशीय सिरिज गर्ने भएको छ । क्यानको आज बसेको केन्द्रीय समिति बैठकले...
आश्विन ९ गते, २०८० - १९:५२
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले...
आश्विन ९ गते, २०८० - १९:०८
काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको...
आश्विन ९ गते, २०८० - १९:०५
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतमा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपीहरूको बयान लिने काम सकिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६...
आश्विन ९ गते, २०८० - १८:३९
काठमाडौँ।गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दि...
आश्विन ९ गते, २०८० - १८:३५
काठमाडौँ। काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ। अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्...
आश्विन ९ गते, २०८० - १८:२५
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग...
आश्विन ८ गते, २०८० - २०:१६
पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...
आश्विन ८ गते, २०८० - १९:४५
काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...
प्रतिकृया लेख्नुहोस्: