Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

खबरडबली संवाददाता

सोउल । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसिएनए०ले जनाएको छ । 

उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन ९एनएडिए०ले आजको दुर्घटनाबाट पाठसिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।

एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ ।

 यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गर्न यही जेठ २८ भित्रमा आफ्नो जासुुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो । 

प्योङयाङको आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोउलमा हल्लीखल्ली मच्चियो भने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो ।

सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्युँझिए र उनीहरूलाई भाग्न तयारीमा जुटे । आपतकालीन सन्देश प्रवाह भएको २० मिनेट पछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । आजको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रतिको विश्वासमा गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन् । 

‘उत्तर कोरियाले दक्षिण कोरियामा सुरक्षा जोखिम बढाएको छ,  यदि भविष्यमा सतर्कता चेतावनी जारी हुँदा त्यसलाई गम्भीरतापूर्वक लिइन्छ वा लिइदैन भन्ने प्रश्न खडा भएको छ,’ उनले भनिन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीमा नातेदारलाई पद बाँडेको आरोप लागिरहेका वेला युवा नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन्। महासेठ लोसपा...

नेपालले हङकङ र यूएईसँग सिरिज खेल्ने

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईको सहभागितामा टि–२० त्रिदेशीय सिरिज गर्ने भएको छ । क्यानको आज बसेको केन्द्रीय समिति बैठकले...

मेडिकल काउन्सिलले भन्यो : लापारबाही भए उजूरी दिनुहोस् तर आक्रामण नगर्नुहोस्

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले...

एमाले बागमती अधिवेशनको निर्वाचन प्रक्रिया बुधबारदेखि

काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको...

सुन प्रकरणका आरोपीलाई बयानको काम सकियो, भोलिदेखि थुनछेक बहस

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतमा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपीहरूको  बयान लिने काम सकिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६...

गोरु काटेर सामुहिक भोज खुवाउने एक पक्राउ

काठमाडौँ।गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दि...

काठमाडौं महानगरले निर्धारण गर्‍यो अनुगमन गर्न १६ सूचक

काठमाडौँ। काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ। अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्...

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ।  नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग...

पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै  पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending