न इतिहास मुर्दाको कथा हो न चिहानघारीकै यात्रा । इतिहासले त सपना देखाँउछ, भविस्यकोलागी केही गर्न हौस्याउँछ, क्रान्तिको उर्जा बन्छ साथै अरूले गरिसकेका गल्ती नदेहोर्याउने शिक्षा पो दिन्छ । इतिहाँसले कसैलाई ज्यादा चिर्थोछ भने माओवादीलाई नै ।१२ वर्ष पहिला रामेछापको दोरम्बा सामुहिक हत्याकाण्ड एउटा घटना मात्रै नभई त्यसले दोस्रो शान्तिवार्ता विथोल्ने सत्ताको पूर्वनियोजित घटना थियो । त्यसैले दोरम्बा हत्याकाण्ड क्रान्ति, युद्द र शान्तिका विश्वअध्यताहरूलाई पनि गहकिलो सन्दर्भ सामाग्री बन्ने दस्तावेज हो । इतिहाँसले निर्ममयात्रा गर्दै मानवसभ्यतामा इँटा थपिरहेको हुन्छ । त्यसयात्रामा कोही रमिते र तामासे हुन्छन् भने कोही यात्रामै सामेल हुन्छन् । तर कोही पनि घटनाचक्रवाट भने अछुतो हुँदैन । समय फेरिन्छ, शक्ति सन्तुलन फेरिन्छन्, सपनामाथि बमबाडि पनि हुनसक्छ, क्रान्तिका तस्विरहरू तत्कालका लागी ध्वस्त पनि हुन सक्छन् नायकहरू खलनायक र गद्दार पनि हुन सक्छन तर बनेको इतिहास भने कहिल्यै मेटिँदैन चाहे जतिसुकै इतिहासका कुशल ब्यबस्थापकहरूले त्यसलाई उपेक्षा किन नगरेका हुन । हिजोका ऐतिहाँसिक घटाक्रम भने कतिले सजाएका हुन्छन कतिले विर्साउने खेल गरिरहेको हुन्छन । युद्ध र शान्तिभित्रका कथा र उपकथाहरु धेरै हुन्छन् । कतिपय अवस्थामा त घटना कर्ताकै नियन्त्रण भन्दा पनि बाहिर पुग्न सक्छ । इतिहाँस भुल्ने अनुमति कसैलाई हुँदैन । त्यसैले त दागिस्तानी कवि अवु निदालको प्रसिद्द भनाई छ– ‘जस्ले विगतलाई पेस्तोल दाग्छ त्यसको भविस्यमा तोपका गोला वर्सिन्छन ।’ भनिरहनु नपर्ने विषय भनेको न इतिहास मुर्दाको कथा हो न चिहानघारीकै यात्रा । इतिहासले त सपना देखाँउछ, भविस्यकोलागी केही गर्न हौस्याउँछ, क्रान्तिको उर्जा बन्छ साथै अरूले गरिसकेका गल्ती नदेहो¥याउने शिक्षा पो दिन्छ । इतिहाँसले कसैलाई ज्यादा चिर्थोछ भने माओवादीलाई नै । पंक्तिकार माओवादी– सरकारबीचको पहिलो शान्तिवार्ता (बर्दियाको ठाकुरद्वारा रिर्सोट) र दोस्रो शान्तिवार्ता (नेपालगंज र हापुरे, दाङ) वार्ता व्यबस्थापनमा रहेकोले हापुरेमा २०६० साल भदौ १ गते (अर्थात आजैको दिन) टुटेको शान्तिवार्ता विफलता भित्रको प्रसंग कहन जाँदैछु । पश्चिममा हुने वार्ता माओवादी व्यबस्थापनमा हुने हुनाले प्रत्यक्ष वा परोक्ष वार्ता थलोको चयन उसैले गर्नु पर्दथ्यो । सरकारी वार्ताकार समेत भूमिगत शैलीमा वार्ता थलो पुग्दथे, अनेकौं पटक अनौपचारिक वार्तापछाडि मात्र औपचारिक वार्ता हुन्थे । कयौँ समझदारी, अनौपचारिक वार्ता र त्यसमा सहजकर्ता र सहभागीहरुको भूमिकामा हुन्थ्यो । सरकारीपक्षमा स्थानिय प्रशासनको समेत जानकारी र नेतृत्व हुँदैनथ्यो भने माओवादी वार्ताकारहरुको सुरक्षाका व्यवस्थापकिय चुनौती पनि पार्टीका जोखिममय हुन्थे । हामी भेरी–कर्णाली क्षेत्रका भएकाले नेपालगंजको दायित्व बहन मात्र हाम्रो रहन्थ्यो । दाङ, हापुरेको मूल व्यबस्थापनको जिम्मेवारी भने माओवादीको राप्ती विशेष क्षेत्रको थियो भने त्यसको मुख्य जिम्मेवारी सन्तोष बुढा मगरको थियो । औपचारिक वार्ताको थालनीको दुईदिन पहिल्यै अर्थात वार्ताको लक्षण नेपालगंज डा.धवल शमशेर राणाको घरमा भएको (तत्कालीन एमाले नेता, अहिले भने राप्रपा नेपालका केन्द्रिय नेता) थियो । अनौपचारिक वार्ताका क्रममै साउन ३० गते देखिसकिएको थियो । सरकारी वार्ता टोलीका देखावटी प्रमुख वार्ताकार डा.प्रकाशचन्द्र लोहनी भनिए पनि वातस्तविक भूमिका भने कमल थापाले नै गर्दथे । उनिसंग अनौपचारिक वार्ता हुन्थे । माओवादी वार्ता टोलीमा डा.बाबुराम भट्राइ र कृष्ण बहादुर महरा थिए । सरकारी सहजकर्तामा वामपृष्ठभूमिका कुटनीतिज्ञ शैलेन्द्र कुमार उपाध्याय र पूर्वमुख्य सचिव कर्णध्वज अधिकारी र नागरिक समाजका दमननाथ ढुंगाना र पदारत्न तुलाधर थिए । दरवार र सेनाको निर्देशन अधिकारी मार्फत सरकारी टोलीलाई पुग्ने गर्दथ्यो । जुन तयारी सेनाको देखिन्थ्यो, त्यो छिटो भन्दा छिटो वार्ता टुंगिएर प्रत्यक्ष द्धन्द होस् भन्ने देखिन्थ्यो भने नेपाललाई द्धन्द कारखाना बनाउनेहरुको लविंग पनि त्यस्तै थियो । सरकारी वार्ताकार त्यसैका दवावमा थिए । राजनीतिक वार्ता भने पनि सैन्य नेतृत्वको परोक्ष निर्देशन नै सरकारी निर्णय हुन्थ्यो । अनौपचारिक वार्ता नेपालगंजमा भए पनि औपचारिक थलो हापुरे थियो । हेलीकप्टरमा नेपालगंजवाट हापुरे लागियो । हामीले नेपालगंजवाट सेटलाईट फोन लगेका थिएनौँ, राप्ती क्षेत्रले नै व्यबस्था गर्ला भनेर सोचेका थियौ । सन्तोषजीहरुले सो व्यबस्था गर्नु भएको रहेनछ । सरकारी टोलीसंग भने सहयोगी किरण गिरीसंग सेटलाईट फोन थियो । हामीले त्यस फोनवाट संचारसम्बन्ध कायम गर्ने कुरै भएन । सेनाका मान्छेहरु यत्रतत्र सिभिल ड्रेसमा सक्रिय थिए । बारम्वार उनीहरुको अधिकारीसंग संवाद भईरहन्थ्यो भने गिरीको सेटलाईटमा पनि खवर आदान प्रदान भईरहन्थ्यो । अनिष्टका संकेतहरु देखापरिरहेका थिए तर सरकारीपक्ष मौन भने थियो । माओवादी नै वार्ताबाट हटेको सन्देश दिन चाहान्थे उनीहरु । दिनभरीको वार्तापछाडि म र डा. भट्टराई झण्डै ७ किलोमिटर पश्चिमको पब्लिक बुथमा गएर फोन गर्यौ । सायद उहाँले अध्यक्ष प्रचण्डसंग वार्ताका विकसित अवस्थाका बारेमा रिपोर्ट गर्नु भयो होला म अनुमान गर्छु । फोनवर्तापछि उहाँ पनि त्यति सहज देखिनु भएन । दोस्रो दिनको वार्ता सुरु हुनासाथ सेनाले युद्धविरामको क्रममा रामेछाप दोरम्बामा माओवादी नेता बाबुराम लामा र अम्विका दाहाल लगायत २१ जनाको हत्या गरेछ । त्यो सेनाले राजनीतिक नेतृत्वलाई दिएको प्रत्यक्ष दवाव थियो भने युद्धविराम भंग भएको सन्देश । एकातर्फ सेनाले युद्ध विराम गरिसकेको थियो अर्कातर्फ माओवादीलाई हापुरेमा त्यसको जानकारी नै थिएन । भदौ १ मा फेरी नेपालगंजबाट सरकारी वार्ताटोली र सहजकर्ताहरु हेलिक्याप्टरमा हापुरे आईपुगे र वार्ता सुरु भयो । उनीहरुको देहभाषाले परिणामको संकेत गरिसकेको थियो, वार्ता थलोका सम्बन्धमा चिस्यान सुरुवातमै रह्यो । जव दिउसोको रेडियो नेपालको समाचारमा रामेछापमा माओवादी र सेनाको भिडन्तमा २१ जना माओवादीको मृत्यको समाचार आयो, पङ्क्तिकार वार्ताथलो ह्वाईट हाउसको माथिल्लो तलामा थियो, समाचार सुन्ने वित्तिकै त्यो समाचार माओवादी प्रमुख वार्ताकार डा.भट्टईलाई पुर्याइयो तव वार्ता असहज भयो, गमागर्मी भयो, सहजकर्ताको प्रयत्न पनि विफल भयो । अन्तमा सहजकर्ता, माओवादी र सरकारीपक्ष तिनैपक्षवाट विषयको गम्भीर प्रकारले अध्ययन गरेपछि मात्र औचारिक वार्ता गरिने सहमति भयो । तत्कालका लागी भने वार्ता स्थगन गर्ने, अर्को वार्तालाई १० दिन भित्र खवर गर्ने भन्दै हापुरेबाट सरकारी टोलीलाई भदौ १ गते साँझ फूलमाला र अविर लगाएर विदा गरियो । दशदिनको समय सीमा राखिनुको पछाडि अर्को वार्ता सुरु हुन्छ भनेर दुवै पक्षलाई लागेको भने थिएन । युद्धविराम बढाउनमा सुरक्षित थलोमा माओवादी फर्कनलाई थियो त्यो सेना, वार्ताकार, सहजकर्ता र आम माओवादीपंक्तिले नबुझ्ने विषय नै थिएन । सरकारी टोली र सहजकर्ता फर्कने वित्तिकै सम्साँझै हामीले पनि सेल्टर फेरिसकेका थियौँ र सुरक्षाको लागी चौकसी भईसकेका थियौँ । विहानको प्रथम प्रहरमै डा. भटराई दक्षिणको बाटो समात्नु भयो भने महरा सल्यान हुँदै उकालो लाग्नु भयो । पंक्तिकार भने एकजना रुट कमाण्डरलाई लिदैँ पश्चिम दाँङ, सल्यानहुँदै पूर्वी सुर्खेतको वालुवातर्फ लागियो । सहमतिको १० दिन नपुग्दै दुईदिन पहिल्यै पाँचथर बेलवोटेमा लोचन सहित ८ जनाको हत्या भएपछि भदौ १० गते युद्धविराम भंग भएको माओवादीले घोषणा गर्यो । युद्धविराम भंग हुँदा म लान्ती खोलाले बगाएर पुनर्जीवन पाँउदै जाजरकोटको ढुंगेला बजार छिचलिएर भेरीकर्णलीको कार्यालयतर्फ लाग्दैथिँए । अन्तमाः युद्ध वा द्धन्दको संक्षिप्त चर्चा गरौँ । युद्ध वा सामाजिक द्धन्दले समकालीन समाजको शक्ति सन्तुलनलाई नै असर पारेको हुन्छ । सुन्दरता र कूरुपताको अर्थमा फेरबदल पारेको हुन्छ त्यसको महत्व राष्ट्रियमात्रै नभएर क्षेत्रिय भुगोल छिचोलेर अन्तराष्ट्रिय महत्व हुन्छ भने अझ सोचको, इतिहाँसको, सामाजिक मनोदशाको पनि त्यतिनै स्तरवाट व्यबस्थापन भईरहेको हुन्छ । युद्धकथा एउटा विभत्स सौन्दर्यको संगालो हो । यो प्रियकर हैन तर समाज विकासको अनिवार्य नियति भने हो । कसैले चहाँदा वा नचहाँदा हुने र नहुने पनि हैन । समाजमा देखिएका र नदेखिएका द्धन्द नै समाजलाई सक्रिय पार्ने तत्व हुन । युद्धमा प्रत्यक्ष सामेल पात्र र निर्णयकर्ताले जुन उचाईवाट देखेका, भोगेका, योजना बनाएका, सामना गरेका हुन्छन् युद्धमा सामेल भएर पनि त्यसका राजनीतिक, सामरिक, कुटनीतिक पाटो र पक्ष नियाल्न नसकेकाहरु जस्ले जे देख्यो, भोग्यो निभायो अनुभूत गर्या त्यो उस्को संवेदनात्मक क्षमताको कुरा हो । सेना वा सुरक्षातन्त्र जहिले पनि यथास्थितिलाई रक्षा गरिरहन चाहन्छ भने समाज भने परिवर्तन चाहिरहन्छ । विद्रोहीहरुले त्यही मनोविज्ञानलाई नेतृत्व गरिरहेका हुन्छन् । पहिलो र दोस्रो शान्तिवार्तालाई सत्ताले प्रगतिशील रुपान्तरण स्विकारेको भए अहिलेको अवस्था भिन्दै हुन्थ्यो । वार्ताका बीचमा भदौ १ को दोरम्बा रामेछाप घटना युद्धमा हुने द्धन्दरतपक्षको सम्झौताको विरुद्धको नेपाली नजीर हो जस्लाई राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायधिस कृष्णजंग रायमाझी नेतृत्वमा पूर्वन्यायधिवक्ता प्रेम बहादुर विष्ट, अधिवक्ता हरि फुँयाल, फोरन्सिक एक्र्पोट डा.हरिहर वस्ती, पत्रकार कनकमणि दीक्षितको टीमले सेनाको उक्त घटनाको सार्वजनिक गरे । त्यही घटना नै दोस्रो शान्तिवार्ता भाँड्ने कारण बनेको थियो ।
प्रतिकृया लेख्नुहोस्: