सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम सरकारले कुनै अध्ययनबिना नै ल्याएको बताए । उनीहरूले नीति कार्यक्रम सरकारको हो कि कुनै पार्टीको भन्दै प्रश्न गरे ।
छलफलमा भाग लिँदै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा मिलेर जानुपर्ने अवस्था रहे पनि सरकार नै त्यो बाटोमा नरहेको जिकिर गरे । सरकारले हुनै नसक्ने क्रियाकलापलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै उनले सरकारले समाएको बाटो गलत रहेको बताए ।
सत्ता पक्षकै सदस्य सुरेश अधिकारीले स्थानीय सरकारसँग मिलेर बैंक सञ्चालन गर्ने भनिएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए। उनले संविधानमा लेखिएको कुराभन्दा बाहिर गएर नीति कार्यक्रम ल्याइएको हो कि जस्तो अनुभूति भएको बताए ।
अर्का सदस्य वीरबहादुर शाहीले पनि नीति कार्यक्रममा सबै कुरा समेटिएको भए पनि यसको कार्यान्वयन महत्त्वपूर्ण पाटो रहेको बताए । सदस्य हिक्मतबहादुर विष्टले नीति तथा कार्यक्रममा सिञ्जा सभ्यतालाई माथि उठाउने कुरा गरिएकोमा स्वागत गर्दै अझै सिञ्जालाई ‘सिजनल सेन्टर’ बनाउने गरी नीतिमा समेटिनुपर्नेमा जोड दिए ।
अर्का प्रदेशसभा सदस्य तुलसा मल्लले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्दै आलोचना गरे । सदस्यहरू घनश्याम भण्डारी, पूर्ण खत्री चालिसे, लक्ष्मी सुनार, शोसिला शाही लगायतले छलफलमा भाग लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८० - २१:४१
शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने
आश्विन ४ गते, २०८० - २१:२४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...
आश्विन ४ गते, २०८० - २०:३६
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोज...
आश्विन ४ गते, २०८० - २०:२७
काठमाडौँ। आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराय...
आश्विन ४ गते, २०८० - १९:४०
काठमाडौँ। यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ...
आश्विन ४ गते, २०८० - १९:१६
काठमाडौँ। फिल्म ‘प्रकाश’को टिमले चलचित्र बोर्डको विरुद्धमा उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरेको छ। फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक वि...
आश्विन ४ गते, २०८० - १९:१२
काठमाडौँ। भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले बुधब...
आश्विन ४ गते, २०८० - १८:५९
काठमाडौँ। पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति ज...
आश्विन ४ गते, २०८० - १८:५५
चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
आश्विन ४ गते, २०८० - १८:४४
काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थान...
प्रतिकृया लेख्नुहोस्: