जेष्ठ २४ गते, २०८० बुधवार 7th June, 2023 Wed१९:४८:२० मा प्रकाशित
खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मङ्गलबारदेखि सुरु भएको छलफलमा आज पनि प्रदेशसभा सदस्यले आफ्नो धारणा राखे ।
आजको प्रदेशसभा बैठकमा बोल्ने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको औँल्ल्याए भने विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे ।
नेपाली कांग्रेसका चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनको खाका तयार गरेको बताए । उनले प्रदेशप्रतिको जिम्मेवारी र दायित्वबोध गर्दै सरकारले नागरिकमैत्री कार्यक्रम ल्याइएको उल्लेख गरे ।
नेकपा (एमाले)का भीमबहादुर कार्कीले तथ्याङ्कमा आधारित वस्तुनिष्ठ कार्यक्रम आउन नसकेको बताए । उनले छरिएर आएको नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउन नसकेको धारणा राखे ।
नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले प्रदेशका सबैखाले आवश्यकतालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए । उनले प्रेदश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका बेला जनआकाङ्क्षा पूरा गर्ने खालको बजेट र कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे ।
वैज्ञानिक अध्ययन गरेर मात्र नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने उनले बताए । प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले नागरिकले महसुस गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए । नागरिकलाई दुःखसुखको साथी प्रदेश सरकार हो भन्ने अनुभूति दिलाउनुपर्ने उनले बताए ।
‘समन्नुत गण्डकी प्रदेश, सम्मानित प्रदेशवासी’ आदर्श वाक्यको व्यावहारिक कार्यान्वयन हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने उनले उल्लेख गरे । प्रदेशसभा सदस्य विकल शेरचनले सरकारले लोककल्याणकारी कार्यक्रम घोषणा गरेको बताए । उनले नीति तथा कार्यक्रमले समृद्ध प्रदेशको दिशाबोध गरेको धारणा राखे।
नेकपा (एमाले)का रोशनबहादुर गाहा थापाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत र विधि स्पष्ट नभएको बताए । उनले महत्वकाङ्क्षी र एकाङ्की खालका कार्यक्रम समेटिएकाले कार्यान्वयन हुनेमा विश्वास गर्न नसकिने उल्लेख गरे ।
प्रदेशसभा सदस्य पद्ममा जिसी श्रेष्ठले सरकारले ठोस, मूर्त र जनमुखी कार्यक्रम ल्याउन नसकेको बताए । कतिपय आवधिक योजनाका कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रमले विद्यमान समस्याको समाधान दिन नसक्ने प्रदेशसभा सदस्य श्रेष्ठले उल्लेख गरे ।
प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले नीति तथा कार्यक्रम राम्रो आए पनि बजेटले कसरी समेट्छ भन्ने विषय महत्वपूर्ण हुने बताए । उनले स्रोत पहिचान नगरी अमूर्त ढङ्गले नीति तथा कार्यक्रम तुर्जमा गरिएको धारणा राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । उनले स्रोतमा आधारित रहेर यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य प्रकाश बराल, डिल्लीराम सुवेदीलगायत २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । बिहीबारको बैठकमा थप छलफलपछि पारितका लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस हुने जनाइएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: