Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छिन् ।  

नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताइन्  । 

नेपाल र चीनबीच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भनिन्, “सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुनेछ ।” 

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्त्वपूर्ण रहँदै आएको उनले उल्लेख गरिन् ।  उनले भनिन्, “पत्रकारिताको अध्ययन, ज्ञान र सीपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ ।” 

आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापीरूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उनको भनाइ छ । 

मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन् । नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उनले स्मरण गराइन् ।  

विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिने  विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशसँग ज्ञान र सीपको आदानप्रदान गर्न चाहेको बताइन् । सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको चर्चा गर्दै उनले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । 

नेपाल प्राकृतिकरूपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने बताइन् । 

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताइन्  । 

दुवै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उनले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताइन् । चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताइन् ।  

‘डेटा एप्लिेकेसन’को क्षेत्रमा चीनले विश्वमै अगुवाइ गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताइन्  । नेपालको नयाँ पुस्तामा प्रविधिको दुनियाँ तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने राजदूत सोङको विश्वास थियो । उनले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीमा नातेदारलाई पद बाँडेको आरोप लागिरहेका वेला युवा नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन्। महासेठ लोसपा...

नेपालले हङकङ र यूएईसँग सिरिज खेल्ने

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईको सहभागितामा टि–२० त्रिदेशीय सिरिज गर्ने भएको छ । क्यानको आज बसेको केन्द्रीय समिति बैठकले...

मेडिकल काउन्सिलले भन्यो : लापारबाही भए उजूरी दिनुहोस् तर आक्रामण नगर्नुहोस्

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले...

एमाले बागमती अधिवेशनको निर्वाचन प्रक्रिया बुधबारदेखि

काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको...

सुन प्रकरणका आरोपीलाई बयानको काम सकियो, भोलिदेखि थुनछेक बहस

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतमा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपीहरूको  बयान लिने काम सकिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६...

गोरु काटेर सामुहिक भोज खुवाउने एक पक्राउ

काठमाडौँ।गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दि...

काठमाडौं महानगरले निर्धारण गर्‍यो अनुगमन गर्न १६ सूचक

काठमाडौँ। काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ। अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्...

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ।  नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग...

पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै  पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending