विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटकपटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ ।
पार्टीका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि पार्टी कोशी प्रदेशले घटनाको निन्दा गरेको उल्लेख छ ।
कोशी प्रदेश सरकारबाट सञ्चालन भएका विविध विकास आयोजनाको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा यही जेठ २५ गते इलाम जिल्लाको देउमाई नगरपालिका–३ मङ्गलबारेबाट इलाम नगरपालिका–११ सोयाक भञ्ज्याङ पुग्दा एमाले केन्दीय कमिटिका सदस्यसमेत रहनुभएका उपनेता रानालाई पहिचानवादी भन्ने अपरिचित समूहद्वारा बाटो अवरुद्ध गराई साङ्घातिक आक्रमणसहित गाडीमा मोबिल खन्याएर आगो लगाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सोही दिन उदयपुर जिल्लाको श्री १८ नम्बर बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाई पहिचानवादी बताउने एक हुल मानिसले आक्रमण गर्नुका साथै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उछृङ्खल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता आपराधिक क्रियाकलाप गरिएको विज्ञप्तिमा बताइएको छ ।
प्रदेश अध्यक्ष न्यौपानेले यस्ता अवाञ्छित, जघन्य र अपराधपूर्ण घटनाले नेकपा एमाले कोशी प्रदेशलाई गम्भीर बनाएको बताउनुभएको छ । एमाले पार्टीका नेताहरू कार्यकर्तालाई लक्षित गरेर बारम्बार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रम बिथोल्न प्रयास गर्ने, पार्टीका शीर्षस्थ नेता, मुख्यमन्त्री, मन्त्री र सांसदमाथि साङ्घातिक आक्रमण गर्ने, प्रहारको निशाना बनाउने जस्ता क्रियाकलाप पटक पटक हुने गरेकाले प्रहरी प्रशासनले त्यस्ता अपराधीहरूलाई कडा कारवाही गर्नु पर्ने माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा दोषीलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सङ्घीय सरकारसँग पनि माग गरिएको छ । एकतर्फी पार्टीका नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई अध्यक्ष न्यौपानेले निर्देशनसमेत दिनुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८० - २०:५४
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीमा नातेदारलाई पद बाँडेको आरोप लागिरहेका वेला युवा नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन्। महासेठ लोसपा...
आश्विन ९ गते, २०८० - २०:४८
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईको सहभागितामा टि–२० त्रिदेशीय सिरिज गर्ने भएको छ । क्यानको आज बसेको केन्द्रीय समिति बैठकले...
आश्विन ९ गते, २०८० - १९:५२
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले...
आश्विन ९ गते, २०८० - १९:०८
काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको...
आश्विन ९ गते, २०८० - १९:०५
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतमा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपीहरूको बयान लिने काम सकिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६...
आश्विन ९ गते, २०८० - १८:३९
काठमाडौँ।गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दि...
आश्विन ९ गते, २०८० - १८:३५
काठमाडौँ। काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ। अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्...
आश्विन ९ गते, २०८० - १८:२५
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग...
आश्विन ८ गते, २०८० - २०:१६
पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...
आश्विन ८ गते, २०८० - १९:४५
काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...
प्रतिकृया लेख्नुहोस्: