Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

बोसिया स्मार्ट खेल प्रदर्शनी

खबरडबली संवाददाता

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अतिअशक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपाङ्गता भएका खेलाडीबीच बोसिया खेल खेलाइएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित एकदिवसीय प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई विशेषगरी अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलका बारेमा विस्तृत  जानकारी गराइएको थियो । प्रदर्शनीमा ६० अपाङ्गता भएका खेलाडीको सहभागिता थियो । 

सङ्घका अध्यक्ष गोमा पौडेलले भनिन्, “बोसिया खेलको प्रसारप्रचार गर्न तथा  अपाङ्गता भएका व्यक्तिलाई थेरापी होस् भन्ने उद्देश्यले खेल प्रदर्शनीको आयोजना गरिएको हो ।” अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको विकासका लागि नीति तथा कार्यक्रम र विशेष बजेटको व्यवस्था गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिबीच नै प्रतिस्प्रर्धा हुने गरी राष्ट्रियस्तरको खेल प्रतियोगिता आयोजना गर्नुपर्ने, बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडि बढाउनुपर्ने, खेलसम्बन्धी नीति नियम, ऐन कानुनलाई अपाङ्गमैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अतिअशक्तलाई राज्यले विशेष सुविधा दिनुपर्ने र बोसिया खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्ने सङ्घले माग गरेको छ ।  

“अपाङ्गता भएका व्यक्तिलाई बोसिया खेलका लागि समस्या छ, उनीहरूलाई यातायातका साधन प्रयोग गर्न समस्या छ, आर्थिक अभाव छ । त्यसका लागि सरकारले विशेष बजेटमार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ”, उनले भनिन् । सो अवसरमा काठमाडौँ महानगरपालिका¬–११ की वडा सदस्य आशा श्रेष्ठले अपाङ्गमैत्री खेलका निम्ति राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy