पेशावर, पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तका चार जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका पाँच जना दाजुभाइको मृत्यु भएको छ ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता तैमुर अली खानले एएफपीसँग भन्नुभयो, “घरको छाना र पर्खाल भत्किँदा कम्तीमा १२ जना एकै स्थानमा पुरिएका छन् ।
उहाँका अनुसार १४० भन्दा बढी मानिस घाइते भएका छन् भने २०० भन्दा बढी पशुचौपाया मरेका छन् ।
प्रशासनले चारवटै जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ ।
यसैबीच, अरब सागर पार गर्दै पाकिस्तान र भारतको तटीय क्षेत्रतर्फ एक चक्रवात प्रवेश गरिरहेको छ । यो आँधीका कारण हप्ताको अन्त्यमा विभिन्न क्षेत्रमा बाढी तथा भूस्खलन हुने अनुमान गरिएको छ ।
पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तको तटीय क्षेत्रका आठ देखि नौ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गर्ने बताएका छन् ।
सहयोगका लागि सोमबारदेखि सेना परिचालन गरिने भएको छ ।
उक्त चक्रवातले मङ्गलबार साँझदेखि हावाहुरी, आँधीबेहरी र सहरी क्षेत्रमा बाढी आउन सक्ने विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ ।
माझीहरूलाई जुन १७ सम्म ९मौसमी० प्रणाली समाप्त नभएसम्म खुला समुद्रमा नजान मौसमसम्बन्धी निकायले सुझाब दिएका छन् ।
छिमेकी मुलुक भारतमा पनि यो आँधी पश्चिमी गुजरात राज्यको सौराष्ट्र र कच्छ क्षेत्र तथा आसपासका पाकिस्तानी तटीय क्षेत्र पार गर्ने सम्भावना रहेको मौसम विभागले आइतबार जनाएको छ ।
यसले १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र १५० किलोमिटर प्रतिघण्टा ९९३ माइल प्रतिघण्टा० सम्म हावा चल्ने चेतावनी दिएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ ।
विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको पाकिस्तान विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको केवल ०.८ प्रतिशतको लागि जिम्मेवार छ तर विश्वव्यापी तापक्रम वृद्धिको कारण निम्तिने खराब मौसमको लागि यो देश सबैभन्दा कमजोर देशहरू मध्ये एक हो ।
गत ग्रीष्मऋतुमा भएको अनपेक्षित मनसुनी वर्षाका कारण देशको एक तिहाइ भाग जलमग्न भएको थियो, जसका कारण २० लाख घरमा क्षति पुगेको थियो भने एक हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: