वासिङ्टन डीसी । अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदीले आगामी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले दोस्रो पटक अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।
बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले जुन २२ मा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीलाई राजकीय रात्रिभोजका लागि स्वागत गर्नेछन् ।भ्रमणबारे एएनआईसँग कुरा गर्दै अमी बेराले भने, “मलाई लाग्छ अहिलेको समयको यो महत्वपूर्ण भ्रमण हो । तपाईंले अमेरिका–भारत सम्बन्ध बढ्दै गएको देखिएको छ । पक्कै पनि, एसियाभित्र भूराजनीतिक चुनौतीहरू छन् र त्यसपछि भारत पनि उदीयमान आर्थिक शक्ति हो । त्यसैले मलाई लाग्छ अमेरिका–भारत व्यापार सम्बन्धमा काम गर्ने अवसर छ ।”
उनले थपे, “हामी आपूर्ति श्रृङ्खला र महामारीबाट बाहिर आउने बारेमा धेरै कुरा गर्दैछौं । मलाई लाग्छ, दुई देशबीच मिलेर विकास गर्ने वास्तविक अवसर छ । दुई देशबीचको रक्षा साझेदारीका बारेमा सोधिएको प्रश्नको जवाफमा अमेरिकी सांसदले प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट ठोस कुरा बाहिर आउनुपर्ने र प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा त्यसबारे छलफल हुने सम्भावना रहेको बताए ।
उनले भने, “यो भ्रमणबाट पक्कै पनि केही ठोस कुरा हुनुपर्छ । मलाई लाग्छ डिफेन्स स्पेस तीमध्ये एक हुनेछ । हेलिकप्टरको सह–उत्पादन, अधिक समुद्री साझेदारी तथा लामो समयदेखि सहकार्य गर्दै आएका सबै कामहरूको लेखा जोखा हुनेछ ।” उनले समग्र साझेदारीहरूमध्ये केहीलाई गति दिने यो वास्तविक अवसर हो र यसबाट निस्कने केही ठूला परिणामहरू छिट्टै सार्वजनिक हुने र यसबाहेक आपूर्ति श्रृङ्खला क्षेत्रमा पनि केही महत्वपूर्ण काम हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: