Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

ग्रीक डुङ्गा दुर्घटनापछि घटनामा सम्लग्न रहेको आरोपमा १० व्यक्ति पक्राउ

खबरडबली संवाददाता

मुजफ्फराबाद । ग्रीसको तटीय क्षेत्रमा दर्जनौं आप्रवासी डुबानमा फसेको केही दिनपछि पाकिस्तानी अधिकारीहरूले १० जना कथित मानव तस्करहरूलाई पक्राउ गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करीमा संलग्न भएको पुष्टि भएमा उनीहरूलाई तत्काल कारबाही गर्न आदेश दिनुभएको छ ।
 हरेक वर्ष, हजारौं युवा पाकिस्तानीहरू राम्रो जीवनको खोजीमा अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा खतरनाक सामुद्रिक मार्ग हुँदै यात्रामा निस्कन्छन् ।
 
ग्रीसको पेलोपोनी प्रायद्वीपमा बुधबार डुबेको डुङ्गामा सवार दर्जनौँ पाकिस्तानी नागरिक रहेको र त्यसमा कम्तीमा ७८ जनाको मृत्यु हुनुका साथै सयौं बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार पाकिस्तान प्रशासित काश्मिरमा नौ जनालाई हिरासतमा लिइएको छ भने एक जनालाई गुजरातमा हिरासतमा लिइएको छ ।

पाकिस्तान प्रशासित काश्मिरका एक स्थानीय अधिकारी चौधरी शौकतले भन्नुभयो, “सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न संलग्न भएको आरोपमा उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले संयुक्त विज्ञप्ति जारी गर्दै डुङ्गामा ४०० देखि ७५० जनासम्म सवार रहेको बताएका छन् ।

शनिबार पाकिस्तानको विदेश मन्त्रालयले १२ जना नागरिक बाँच्न सफल भएको बताएको थियो तर डुङ्गामा कति जना सवार थिए भन्ने बारे कुनै जानकारी छैन ।

एक अध्यागमन अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै मृतक सङ्ख्या २०० नाघ्न सक्ने बताउनुभएको छ । 

“मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध लड्ने प्रयासलाई तीव्रता दिन प्रधानमन्त्रीले कडा निर्देशन दिनुभएको छ,” उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक उथलपुथल र अर्थतन्त्रको पतनको सङ्घारमा पुगेको कारण दशौं हजार पाकिस्तानीहरू कानुनी र गैरकानुनी रूपमा देश छोड्न बाध्य भएका छन् ।

पूर्वी पञ्जाब र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका युवाहरू इरान, लिबिया, टर्की र ग्रीस हुँदै अवसरको खोजीमा हरेक वर्ष अवैध रूपमा युरोप प्रवेश गर्नेगरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending