काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो ।
नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा क्रेग इर्विनले सर्वाधिक १२१ रनको योगदान दिए । उनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहेका हुन् ।
त्यस्तै, सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १०२ रनमा अविजित रहे । यसैगरी, जोयलोर्ड गुम्बीले २५ रन बनाए भने वेस्ली माधिवेरीले ३२ रन बनाए ।
बलितर्फ नेपालका गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदानन दिए । उनी शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकाट्जाले कुशललाई ९९ रनमा आउट गराए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्काको मद्दतमा ९९ रनको योगदान गरेका हुन् ।
त्यस्तै, पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको उत्कृष्ट साझेदारी गरे । कुशल र आशिफले ३१ दशमलव ५ ओभरमा १७१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । एकदिवसीय नेपालको खेलमा यो हालसम्मकै उच्च अङ्कको साझेदारी हो । यसअघि गत फेब्रुअरीमा भएको नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
आसिफले ६६ रन बनाए । उनले एक सय बल खेल्दै सात चौकाको मद्दतमा ६६ रन जोडेका हुन् । यसैगरी, कुशल मल्लले ४१ रन जोडे । ४२ बल खेलका उनले तीन छक्का र दुई चौकाको मद्दतमा ४१ रन बनाएका हुन् । आरिफ शेखले १० रन बनाउँदा गुल्सन झाले १३ तथा दीपेन्द्र सिंह ऐरीले ६ रन जोडे । त्यस्तै, करण केसी २ रनमा अविजित रहे ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै, ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एकरएक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही असार ५ गते अमेरिकासँग खेल्नेछ ।
एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स ९युएई० र स्कटल्यान्ड छन् ।
सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: