हुम्ला । हुम्लामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुम्ला सिमकोटदेखि हिल्सा जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको हो ।
नाम्खा गाउँपालिकाको च्याछहरामा दुर्घटना भएको जीपबाट हाम्फालेर घाइते भएका चालक राजेश हेन्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक तामाङको जिल्ला अस्पतालका क्रममा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।
जिल्ला सदरमुकाम सिमकोटबाट हिल्साका लागि छुटेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको बोलेरो जीप च्याछहरा भिरको उकालो चड्दै गर्दा कर्णाली नदीमा खसेको थियो । सोमबार बिहान ५ बजे सिमकोटबाट छुटेको जीप बिहान करिब ७ बजे उक्त भीरबाट खसेको बताइएको छ ।
कामका लागि उत्तरी छिमेकी चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर हिल्सा जाँदै गरेको जीप दुर्घटना भएको हो। च्याछहराको भिरमा अप्ठ्यारो उकालो बाटोका कारण यात्रुसहितको जीप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए।
यात्रुबिनाको जीपलाई उकालोमा चढाउने क्रममा जीप सडकबाट नदीमा खसेको थियो । चालकले अप्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले जीपमा सवार सबै यात्रु सकुशल रहेका छन् ।
सामानसहित खसेको जीप कर्णाली नदीमा डुबेर बेपत्ता भएको छ । बेपत्ता जीपको स्थानीय र प्रहरीद्वारा खोजी कार्य भइरहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: