Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कांग्रेस महाधिवेशन पर धकेलिने

\"nepali-congress-flag-545\"काठमाडौं । संविधान निर्माणको कार्यलाई प्राथमिकता दिँदा नेपाली काँग्रेसको आगामी १३औँ महाधिवेशन तोकिएको मितिभन्दा पर धकेलिने निश्चित भएको छ । प्रमुख चार दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिले नयाँ संविधानमा पाँच वर्षमा हुनैपर्ने राजनीतिक दलको महाधिवेशन ‘विशेष परिस्थितिमा’ छ महिनासम्म लम्ब्याउन सकिने सहमति जुटाएपछि अन्योलमा रहेको काँग्रेस महाधिवेशन सार्ने बाटो खुलेको हो । काँग्रेसले १३औँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म गर्ने मिति तय गरेको छ । संविधान निर्माण कार्यको व्यस्तताले सो अवधिमा महाधिवेशन सम्भव नभए नयाँ संविधानमा वा अन्तरिम संविधान, २०६३ मा भए पनि बाधा अड्काउ फुकाउको व्यवस्था गर्नुपर्ने काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए । अन्तरिम संविधान बमोजिम कुनै पनि पार्टीले प्रत्येक पाँच वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । अर्कोतिर विधानमा व्यवस्था भएअनुसार काँग्रेसको वर्तमान केन्द्रीय समितिको समयावधि पनि आगामी असोज ५ गते समाप्त हुँदैछ । तर तोकिएको मितिमा काँग्रेसको महाधिवेशन पनि हुन सकेन र सो प्रावधानसहितको संविधान असोज ५ गतेभित्र जारी नभए काँग्रेसको वैधानिकतामा प्रश्न चिह्न खडा हुनेछ । त्यस्तो अवस्थामा अन्तरिम संविधान २०६३ लाई संशोधन गरेर भए पनि उक्त प्रावधान राख्नुपर्ने प्रवक्ता बडूले बताए । ‘यी दुवै प्रावधान भएन भने काँग्रेस संविधान निर्माणको सबै कार्य छोडेर महाधिवेशनको तयारीमा लाग्नुको विकल्प छैन’ , उनले भने । महाधिवेशनभन्दा संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर हाल काँग्रेसले आफ्नो सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरेको छ । काँग्रेसलाई महाधिवेशनको साथ संविधान बनाउनुपर्ने चुनौती छ । मुलुकभर हाल बन्द, हडताल भइरहेकाले असहज वातावरणमा महाधिवेशनको प्रक्रिया अघि बढाउन पनि ठूलै चुनौती छ । संविधान निर्माण कार्य र पार्टीको महाधिवेशन एकै समयमा परेकाले परिस्थिति जटिल बनेको केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बताए । पार्टीको महाधिवेशनभन्दा मुलुकका लागि संविधान प्राथमिकताको विषय हो भन्दै उनले भने , ‘महाधिवेशन तोकिएकै मितिमा गर्ने पार्टीको योजना छ, तर संविधान निर्माण जस्तो महत्वपूर्ण कार्यलाई थाती राखेर महाधिवेशनमा जान पनि गाह्रो छ ।’ संविधानको पालना गर्न नयाँ बन्ने संविधानमा दलको निर्वाचन पाँच वर्षमा गर्नुपर्ने प्रावधानमा ‘असामान्य अवस्थामा विशेष कारणवश बढीमा छ महिनासम्म थप गर्नसक्ने’ प्रावधान थपिए समस्या समाधान हुने नेता श्रेष्ठले बताए । ‘नयाँ संविधान जारी भएपछि पनि केही दिन अवरोध होला, साथै राष्ट्रपति, प्रधानमन्त्री सभामुखको नयाँ निर्वाचन पनि गर्नुपर्ने भएकाले महाधिवेशनमा केही ढिलाइ होला’ उनले भने , ‘महाधिवेशन तोकिएको मितिमा नभए दसैँ, तिहार र छठ पर्वपछि गर्दा उपयुक्त हुन्छ ।’ संविधानसभामा काँग्रेसका सभासद्को सङ्ख्या एक तिहाइभन्दा बढी छ । पार्टीको अधिवेशन प्रक्रियामा भाग लिन काँग्रेसका सबै नेता तथा सभासद् जिल्ला गए संविधान निर्माण कार्य अवरुद्ध हुने निश्चित छ । निर्धारित समयमै संविधान जारी गर्न काँग्रेसका सबै सभासद् राजधानीमै बस्नुपर्ने बाध्यता छ । उपसभापति रामचन्द्र पौडेल भने नयाँ संविधान जारी हुने मिति निश्चित नभएकाले पार्टीको महाधिवेशन तोकिएको समयमै हुनुपर्ने पक्षमा छन् । संविधानमा व्यवस्था भएपछि महाधिवेशन मिति सर्छ त भन्ने जिज्ञासामा उपसभापति पौडेलले त्यसबारेमा अहिले केही भन्न नसकिने बताए । ‘केन्द्रीय समितिले निर्णय नगरेसम्म केही भन्न सकिन्न, छिट्टै केन्द्रीय समितिले बैठक बसेर निर्णय गर्नेछ’, उनले भने । त्यसो त काँग्रेसले निर्धारित मितिमा महाधिवेशन गर्ने खासै तयारी पनि गरेको देखिँदैन । महाधिवेशनको मिति नजिक आइसक्दा पनि अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुङ्गो लागेको छैन । थपिएका नगरपालिकामा सोहीअनुसारको संरचना गठन गर्ने निर्णय गरे पनि त्यसलाई साकार पार्न सकेको छैन । अर्कोतिर काँग्रेस नयाँ संविधानमा बन्ने सङ्घीय संरचनाअनुसार नै पार्टीको संरचना बनाउने योजनामा छ । केन्द्रीय सदस्य धनराज गुरुङले संविधान निर्माणको बहानामा महाधिवेशन मिति सार्न नहुने बताए । ‘संविधान र आफ्नै विधानतः पनि पार्टीको महाधिवेशन मिति सार्ने ठाउँ छैन । केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनको तयारी तीव्र बनाउनुपर्छ’,ृउनले भने । मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी काँग्रेस यतिखेर संविधान निर्माण गर्ने प्रमुख भूमिका र तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने दोसाँधमा छ । काँग्रेसले यी सबै चुनौतीको सामना गरेर कसरी आफूलाई सफलताको कसीमा कसरी उर्ताछ भन्ने हेर्न भने बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending