Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मुख्यमन्त्री कप फुटवल: धनकुटाको विजयी सुरुवात

खबरडबली संवाददाता

ओखलढुंगा । साेमबारबाट ओखलढुंगामा शुरु भएको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटवल प्रतियोगितामा धनकुटा जिल्लाले विजयको सुरुवात गरेको छ । आज मंगलबार भएको पहिलो खेलमा भोजपुर जिल्लालाई स्तब्ध बनाउदै धनकुटाले विजयी यात्रा सुरुवात गरेको हो ।

खेलको पहिलो हाफमा धनकुटाको तर्फबाट ३ गोल र भोजपुर जिल्लाको तर्फबाट १ गोल भएको थियो । पहिलो हाफको सुरुवातमा भोजपुरका जर्सी नं. ४ खेलाडी अनिल बस्नेतले पहिलो गोल गरेका थिए ।

त्यसको लगत्तै १७ औं मिनेटमा धनकुटाको लागि जर्सी नं. ८ का विवेक राईले गोल गर्दै बराबरी गरे । त्यसपछि पहिलो हाफको २७ र ३२ औं मिनेटमा धनकुटाको लागि जर्सी नं.  १४ का कुशुम थुलुङ राईले गोल गर्दै खेलमा ३-१ को अग्रता दिलाएका थिए ।

हाफ टाइम पछिको पहिलो मिनेटमा नै भोजपुरका जर्सी नं. १० का सन्तोष तामाङले गोल गर्दै गोल अन्तरलाई कम गर्दै कमब्याकको प्रयास गरे । तर त्यो धेरै समय टिक्न सकेन । धनकुटाको लागि जर्सी नं. ९ का दिपेन शाक्यले ५७ औं मिनेटमा गोल गर्दै आफ्नो टीमलाई ४-२ को अग्रता दिलाए । ६२ औं मिनेटमा धनकुटाको लागि जर्सी नं. १७ का बिरेन लिम्बुले गोल गर्दै ५-२ को अग्रता दिलाए ।

खेलको दोश्रो हाफको इन्जुरी समयमा भोजपुरका लागि जर्सी नं. १७ का सुजत राईले गोल गरेपनि हारलाई रोक्न सकेनन् । हारसँगै भोजपुर घर फर्किएको छ भने धनकुटाले अगाडीको यात्रा तय गरेको छ । यस प्रतियोगिताको म्यान अफ दि म्याच धनकुटाका कुशुम थुलुङ राई बने । अब धनकुटाले असार ७ गते विहान ८ बजे इलामसँग प्रतिष्पर्धा गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन...

रवि लामिछाने भ्रष्टाचारी हुन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबा...

नीतिलाई सफल बनाउन सके कर्मचारी पनि सफल : प्रदीप परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। श...

जिबी, रवि र छवि कारबाहीका भागीदार

काठमाडाैं । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सि...

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै

काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मा...

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर ज...

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको ...

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका...

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy