Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कर्णाली सरकारको बजेटमाथि छलफल जारी

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौँ बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यले आफ्ना धारणा राखे । 

छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई साङ्केतिक ढङ्गले सम्बोधन गरिएको बताए । उनले भने, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसङ्ख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिए ।

प्रदेशसभामा सदस्य जीतबहादुर मल्लले बजेट गोलमालमा आएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने बताए । प्रदेशसभा सदस्य वीरबहादुर शाहीले डोल्पामा समानुपातिकरुपमा बजेट विनियोजन हुन नसकेको भन्दै आक्रोश पोखे भने टेकराज पछाईले नीति तथा कार्यक्रमभन्दा भिन्न आएको भन्दै बजेट निर्माणमा योजनामन्त्रीलाई दबाब दिने व्यक्तिको नाम सार्वजनिक गर्न आग्रह गरे । 

छलफलमा प्रदेशसभा सदस्य घनश्याम भण्डारी, कल्याणी खड्का, विजया बुढा, दक्षिणा शाही, लक्ष्मी सुनार, बलिमाया बुढाले समृद्ध कर्णाली निर्माणमा टेवा पुर्याउने बजेट ल्याउन सुझाव दिँदै प्रदेशसभामा आफ्ना धारणा राखे । सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: