Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : नेता श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन् ।
सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए ।
नेता श्रेष्ठले भने,“माओवादी पक्षले पार्टीको आगामी बैठकबाट औपचारिकरुपमा तपाईहरुलाई जवाफ दिन्छौँ भन्नुभएको छ, त्यो कहिले आउँछ भन्ने प्रतिक्षामा हामी छौँ । जवाफ आइसकेपछि त्यसका आधारमा पार्टी एकतासम्बन्धी ठोस् निर्णय गरेर अघि बढछौँ ।”
 
पार्टी एकताको प्रक्रिया अघि बढिसकेकाले अहिले गठन भएको मोर्चाले चुनौती खडा गर्छ कि भन्ने शङ्का नगर्न आग्रह गर्दै प्रदेश मन्त्री श्रेष्ठले एकताको प्रक्रिया भिन्न कोर्स भएकाले कुनै अन्योल नरहेको प्रतिक्रिया दिए ।

उनले भने,“पार्टी एकता भन्नासाथ सिद्धान्त, दर्शन, कार्यदिशा, राजनीतिक कार्यक्रम, सङ्गठन, नेतृत्व प्रणालीलगायतका विषय हाम्रो तर्फबाट लिखित अवधारणा दिएका छौँ । वार्ता समिति बनाएर, पटक–पटक वार्ता गरेर नेसपाको तर्फबाट लिखितरुपमा एकताका निम्ति आधार प्रस्ताव प्रस्तुत गरिएको हो ।” 

हालै गठन भएको समाजावादी मोर्चाले समाजवादको आधार निर्माणको निम्ति काम गर्छ कि गर्दैन भनेर जनताले नजिकबाट हेरिरहेको बताउँदै मन्त्री श्रेष्ठले भने,“ मोर्चा अहिलेकै सरकार टिकाउनका निम्ति मात्रै प्रयोग भएमा मुलुक र जनताका निम्ति सुखद रहन्न ।”

यसैबीच, उनले प्रदेशको आन्तरिक मामिला मन्त्रालय मातहतको प्रेस रजिष्टारको कार्यालयले हालसम्म एक हजार पाँच सय ८७ जना सञ्चारकर्मीको दुर्घटना बीमा र  आठ सय भन्दाबढी पत्रकारलाई परिचयपत्र उपलब्ध गराएको बताए ।

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने हेतुले यस आर्थिक वर्ष रु ५० लाख विनियोजन गरिएको तथा पत्रकारको क्षमता वृद्धिका लागि प्रदेश सरकारले विभिन्न शीर्षका तालिम प्रशिक्षण गर्दैआएको उनले बताए ।

सञ्चारकर्मीलाई उपचार र यातायातमा  सहयोग र सुविधाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले हेटौँडामा सञ्चारग्राम निर्माण र सूचना बैंकको स्थापना गर्न बजेटको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । विज्ञापनका क्षेत्रमा विचौलियाको प्रभाव रोक्न विभिन्न प्रयास भइरहेको उनले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy