Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

एकै मौसममा छत्तीस करोडको आलु उत्पादन

\"potato\"म्याग्दी । म्याग्दीमा एकै मौसममा ३६ करोडभन्दा बढी मूल्यबराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार २५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकोमा १० हजार ५०६ मेट्रिक टन उत्पादन भएको कार्यालयका बागवानी विकास अधिकृत वासुदेव पौडेलले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु ३० देखि ४० प्रतिकिलोका दरले बिक्री भएको छ । कृषक व्यावसायिक बन्नु, उन्नत जात भित्रिनु, पुरानो खेती प्रविधि आधुनिकीरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण हुनु, बजारको पहुँच विस्तार, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलुखेतीतर्फ कृषकको आकर्षणसँगै उत्पादन बढ्दै गएको अधिकृत पौडेलको भनाइ छ । म्याग्दीको राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुइँनेमङ्गले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्लीलगायत ३३ गाविसमा व्यावसायिक आलुखेती हुने गरेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी राम्चे गाविसमा ८११ हेक्टर क्षेत्रफलमा दुई करोड ८३ लाख ८५ हजार बराबरको आलु उत्पादन भएको देखिन्छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले जिल्लामा व्यावसायिक आलु खेतीतर्फ कृषकको आकर्षण बढेको छ । यहाँ स्थानीयका साथै कुफ्रेज्योतिका साथै दाना ९पिबिएस० र बियाँ बीउ ९टिपीएस० प्रविधिको प्रयोग गरी उन्नत जातका आलुको खेती हुने गरेको छ । जिल्लामा उत्पादन भएको धेरैजसो आलु बेनी, पोखरा र काठमाडौंमा निकासी हुने गरेको छ । घरायसी उपभोग, आन्तरिक बजार र बीउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । परम्परागत रुपमा अन्नबालीसँग आलु साट्ने प्रचलन रहेकामा पछिल्लो समय सडक विस्तार भएपछि सहरी क्षेत्रमा निकासी हुन थालेको कृषकले बताएका छन् । मध्यपहाडी क्षेत्रको चिसो हावापानीमा प्राङ्गारिक तरिकाबाट उत्पादन भएको आलु स्वादिलो र गुणस्तरीय हुने भएकाले म्याग्दीको आलुको माग बढ्दै गएको छ । जिल्लाबाट निकासी हुने कृषि उपजमा आलु पहिलो नम्बरमा पर्छ । जिल्लाभर करिब तीन हजार जना कृषक व्यावसायिक आलु खेतीमा संलग्न भएको अनुमान गरिएको छ । आलुखेतीको प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न ठाउँमा शीतभण्डार भवन निर्माण गर्न सहयोग गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending