काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र एक दर्जन उपसचिव, तीस शाखा अधिकृत र २८ जना खरिदार सुब्बाहरू जिम्मेवारी विहीन बनेका छन् ।
मोहन घिमिरे, नवराज ढकाल, मुकेश रेग्मी, किसान न्यौपाने, गीता आचार्य, राजेन्द्रप्रसाद कँडेललगायतका एक दर्जन उपसचिव जिम्मेवारी विहीन भएर बरण्डामा थन्किएका छन् ।
यस्तै शाखा अधिकृतहरू सुवास रिजाल, अभिलाषा महर्जन, प्रकाश दुलाल, प्रभा पोखरेल, रामबहादुर यादव, तीर्थराज निरौला, उदयराज भट्टराई, निरञ्जन पाख्रिन, शालिग्राम देवकोटा, वीरबहादुर बस्नेत, सिन्धुकुमारी पाण्डे समेतले जिम्मेवारी पाएका छैनन् ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीको हरिबिजोग पनि उस्तै छ । भौतिक मन्त्रालयका ६ जना उपसचिवहरू तीन सातादेखि जिम्मेवारी विहीन छन् ।
अमितकुमार शर्मा, क्षितिज जोशी, शुभाञ्जन दाहाल, तेजस्वी शर्मा, ज्ञानेन्द्रप्रसाद कलौनी र आशिका पोखरेलले कुनै जिम्मेवारी पाएका छैनन् । स्थानीयतह कर्मचारी विहीन भएकाे अवस्थामा दर्जनाैं कर्मचारीहरुलाई सिंहदरबारकाे बरण्डामा थन्क्याइ रहँदा कतिपय स्थानीय तहहरुमा सेवाग्राही समस्यामा परी रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा कर्मचारीहरूलाई अतिरिक्त समूह अर्थात् बरण्डामा राखेरै १० करोड ४७ लाख ३२ हजार भुक्तानी दिइएको भेटिएको छ । निजामती सेवा नियमावली २०५० नियम ३४ 'ग' मा अतिरिक्त सेवा सम्बन्धी व्यवस्था गरिएको छ । सोही दफामा टेक्दै आजभाेली मन नपरेका प्रशासकहरूलाई अतिरिक्तमा थन्काइने प्रवृत्ति बढ्दै गएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - २१:०९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...
आषाढ़ १९ गते, २०८३ - २१:०८
एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै
आषाढ़ १९ गते, २०८३ - २१:०१
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...
आषाढ़ १९ गते, २०८३ - १९:२६
दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...
आषाढ़ १९ गते, २०८३ - १९:१६
काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...
आषाढ़ १९ गते, २०८३ - १९:१३
काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...
आषाढ़ १९ गते, २०८३ - १९:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...
आषाढ़ १९ गते, २०८३ - १९:०३
जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...
आषाढ़ १९ गते, २०८३ - १८:५८
काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...
आषाढ़ १९ गते, २०८३ - १८:५४
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...



प्रतिकृया लेख्नुहोस्: