डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ । यही चामल उपल्लो डोल्पामा पुर्याउँदा दुई हजार ५०० पर्छ । एक क्विन्टल ढुवानी गर्दा १० हजार खर्च गर्नुपर्छ ।
उपल्लो डोल्पामा सामान ढुवानी गर्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन् । उपल्लो डोल्पामा रहेका तीन पालिकामा भौतिक संरचना निर्माणदेखि विकास निर्माण सबै काम गर्दा सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्दा समस्या हुने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।
छार्काताङसुङ, डोल्पोबुद्ध गाउँपालिकामा ढुवानी गर्दा हप्ता दिन लाग्छ। डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पामा ढुवानी गरी ल्याएको सामग्री बिच बाटोमै फुट्ने समस्या हुने गरेको छ । साँघुरो बाटोमा खच्चड, चौँरीमा ढुवानी गरेर ल्याएको सामग्रीको मूल्य समेत आकाशिने गरेको छ ।
ढुवानीको रकम मात्र धेरै खर्चिनु पर्ने भएकाले तोकिएको मापदण्डमा विकास निर्माणका काम गर्न यहाँ समस्या हुने गरेको जनप्रतिनिधि बताउँछन् । ‘पाइप ढुवानीमा एक भारीको मूल्य हुन्छ भने अन्य सामग्री ढुवानी गर्दा प्रति केजी १०० रुपैयाँ दिनुपर्छ’, उनले भने, ‘यसका कारण सामानको मूल्य भन्दा ढुवानी भाडा बढी पर्न जान्छ।’
खच्चड तथा चौँरीमा ढुवानी हुन नसकेका सामग्रीहरु हेलिकोप्टरको माध्यमबाट समेत ढुवानी गर्नुपर्ने हुन्छ , यो हिसाबले खर्च नै पुग्दैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटा बताउँछन्। ‘गाउँपालिकाका सबै ठाउँमा जान र आउन मात्र दुई हप्ताभन्दा बढी लाग्छ’, उनी भन्छन्, ‘छरिएर रहेका बस्ती भएकै कारण विकास गर्न समेत मुस्किल छ।’
सबै निर्माणका सामग्री देखि खाद्यान्नका सामग्री समेत दुनैबाट नै ल्याउनु पर्दा भारी महँगो हुने गरेको देवकोटाले बताए। वर्षमा एक मात्र बाली पाक्ने यहाँ आयमित वस्तुले मात्र जीवन व्यवहार चलाउनु परेको उनी बताउँछन्। सीमित स्रोत र साधनबीच पालिकाभित्र अहिले सडक ,खानेपानी ,सिँचाइ र जडिबुटीका काम चलिरहेका छन्।
उपल्लो डोल्पाका कुरा कसैले नसुनेको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । आन्तरिक आम्दानी शुन्य रहेको उपल्लो डोल्पामा अनुदानको रकमका भरमा सबै काम हुँदै आएको छ। अहिले दुनै देखि लासिक्यापसम्मको सडक ट्रयाक खोलेमा मात्र उपल्लो डोल्पाका लागि केही राहत पुग्ने उनको भनाइ छ।
सदरमुकाम दुनैमा रहेको भेरी नदीमा पुल निर्माणको काम समेत शुरु भएको छैन । भौतिक पूवर्धार कार्यालय डोल्पाका प्रमुख नविन थापाका अनुसार पुल निर्माण गर्ने की बेलिब्रिज निर्माण गर्ने भन्नेमा छलफल चलिरहेको छ । साउनको अन्तिम सम्म दुईमध्ये एकको काम हुने उनले दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: