Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कोशी करिडोरमा साँढे छ किमी ट्र्याक खाेल्न बाँकी

खबरडबली संवाददाता

काठमाडौं । कोशी प्रदेशको समृद्धिको आधार बन्न सक्ने कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनालाई खाँदबारी–किमाथाङ्का खण्डमा साँढे १० किमी ट्र्याक खोल्न दिइएकामा अहिले सो काम भइरहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयले जनाएको छ ।

सरकारले दुई वर्ष पहिले सो खण्डको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएको थियो । आयोजना कार्यालय आफैँले ट्र्याक खोल्ने ठाउँमा काम भइसकेको आयोजनाका प्रमुख श्यामबहादुर खड्काकाले जानकारी दिए ।  अप्ठेरो खण्डमा काम बाँकी भएकाले त्यो मात्रै सेनालाई दिइएको थियो । उनले भने, “सेनाले ट््याक खोलेपछि हामी स्तरोन्नति गर्छाैँ ।”

यसअघि आयोजना आफैँले ट्र्याक खोलिसकेको भागमा अहिले स्तरोन्नति भइरहेको छ । खाँदबारीको लबिङ हिलदेखि अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटसम्म अहिले स्तरोन्नति भइरहेको र यो खण्डमा ४९ किमीसम्म कालोपत्रको ठेक्का सञ्चालनमा रहेको र त्यसपछिको ३० किमीमा ग्राभेल भइसकेको छ ।

आयोजना प्रमुख खडकाले भने, “कालोपत्रका लागि स्रोत सुनिश्चित हुन बाँकी छ ।” करिडोरको एक सय ६२ किमी लम्बाइमध्ये अहिले ८० किमीमा स्तरोन्नति भइसकेको छ भने ८२ किमीमा स्तरोन्नति गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । ट्र्याक खुलिसकेर स्तरोन्नति हुन बाँकी खण्डमा स्रोत सुनिश्चितताका लागि योजना आयोग र अर्थ मन्त्रालयमा फाइल पेस गरिएकामा टुङ्गो लागेपछि काम काम अघि बढ्ने उनको भनाइ थियो ।

ट्र्याक खोल्न थोरै मात्रै बाँकी भएकाले पनि सरकारले पर्याप्त बजेट विनियोजन गरेमा यसलणई सम्पन्न गर्न लामो समय नलाग्ने देखिएको छ । निश्चित समयमा सक्न त्यहीअनुसार स्रोत सुनिश्चित हुनुपर्ने र बजेट विनियोजन हुनुपर्ने आयोजना प्रमुख खड्काले बताए । निर्माण कम्पनीले त्यहीअनुसार काम गर्न आवश्यक छ । उनले भने, “बाँकी खण्डमा ठेक्का लगाउन जति ढिला भयो योजनाको अवधि पनि उति नै लामो हुन्छ ।”

नयाँ लक्ष्य निर्धारणका लागि पहिले सोत सुनिश्चित भएपछि कति समय लाग्छ भन्ने हिसाब गर्न सकिन्छ । आगामी आवमा सरकारले उत्तर दक्षिण करिडोर सडकका लागि रु तीन अर्ब ४० करोड विनियोजन गरेको छ । यो रकम गत वर्षभन्दा खासै कम देखिदैन ।

आयोजना प्रमुख खड्काले भने, “पहिरो कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी रहेको छ ।” कतिपय स्थानमा नेपालतर्फबाट ट्र्याक नै नखुलेकाले चीनतर्फबाट सामान ल्याएर गर्नुपर्ने छ । केही समय पहिलेसम्म सीमा रोकिएकाले आवश्यक सामग्री आयातमा समस्या रहेपनि अहिले समस्या समाधान हुन थालेको छ ।

उत्तर–दक्षिण करिडोरमा भौगोलिक कठीनाइका कारण पनि समस्या आइरहेको छ । उत्तरी क्षेत्रमा हिउँ पर्ने र चिसोका कारण काम गर्न मिल्ने अवधि कम रहेको छ । राष्ट्रिय गौरबका तीन करिडोर सडकमध्ये सबैभन्दा बढी ट्र्याक खोल्न कोशी करिडोरमा नै बाँकी देखिएको छ ।

सरकारले भारतीय सीमादेखि उत्तरी सीमासम्म फैलने गरी केही वर्ष पहिले कोशी, कर्णाली र कालीगण्डकी करिडोर सडक निर्माण सुरु गरेको थियो । निर्माणाधीन तीन करिडोर सडकमध्ये कालीगण्डकी करिडोरमा प्रगति तुलनात्मकरुपमा बढी रहेको छ । कालीगण्डकी करिडोरमा वैदेशिक सहयोग भए पनि कोशी र कर्णाली सरकारको लगानीमा निर्माण भइरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending