Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

ऋणको उपयोग गर्ने नीति लिइएको छः अर्थमन्त्री महत

खबरडबली संवाददाता
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण भएको जनाए ।
 
उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताए । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन गर्ने हिसाबले प्रस्ताव गरेको उनको भनाइ छ । उनले भने, “वैदेशिक ऋणबारे यथार्थ मूल्याङ्कनका आधारमा यो प्रस्ताव राखेका छौँ र आन्तिरक ऋण ४ दशमलव ६ प्रतिशतमात्र लिने निर्णय गरेका छौँ ।” 
 
वैदेशिक ऋण पूर्वाधार र विकास निर्माणमा मात्र प्रयोग गर्ने बताउँदै उनले कहिलेकाहीँ साधारण खर्च धान्न आन्तरिक स्रोत र राजस्वले धान्न नसकेको अवस्थामा मात्र आन्तरिक ऋणबाट समाधान गर्ने स्पष्ट पारे । मन्त्री डा महतका अनुसार अनावश्यक रुपमा साधारण खर्चलाई बढ्न नदिने बजेट उन्मुख रहेको छ । “घाँटी हेरेर हाड निल्नु भन्ने भनाइ जस्तै आम्दानी र राजस्व थोरै भएका कारण नै थप सामाजिक सुरक्षाको प्रस्ताव गरेनौँ । तलब भत्ता बढाउने प्रस्ताव पनि गरेनौँ । प्रशासनिक खर्च बढन नदिने आधारहरु बजेटमा प्रस्तुत गर्नुको कारण त्यही हो”, उनले भने ।  
 
ठूलो ऋणभार भएको विषयमा उठेका प्रश्नमा उनले धेरै ठूलो ऋण नभएको भन्दै ठूला भवन निर्माण र ऋण लिदाको सर्त हेरेर, सहुलियतका आधारमा, कम सर्तमा आधारमा, मापदण्डमा सरकार सचेत रहेको बताए । अर्थमन्त्री महतले अनुउत्पादनक क्षेत्रमा लगानी गर्नेगरी ऋणको अनावश्यक बोझ नथप्नेसमेत प्रस्ट पार्नुभयो । बेरुजु नबढाउन वित्तीय अनुशासनमा कडाइ गरेको उनले बताए । मन्त्री महतले सरकारले नियमित रुपमा वैदेशिक ऋण तिर्ने गरेको दाबीसमेत गरे  । उनले सावाब्याज तिर्नुपर्ने दायित्व बढ्दै गएको भन्दै पुँजीगत खर्च गर्ने क्षमतामा प्रभाव पर्ने बताए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies