Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जिरी अस्पतालमा गर्भवतीको शल्यक्रिया गर्दा शिशुकाे हात भाँचीयाे !

खबरडबली संवाददाता

दोलखा । दोलखाको जिरी अस्पतालमा एक सुत्केरी महिलाको शल्यक्रिया गर्ने क्रममा शिशुको हात भाँचिएको र आमाशय फुटेको पाइएकाे  छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु धारापानीकी एक युवतीको शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा शिशुको दाहिने हात भाँचिनुका साथै आमाशय फुटेको परिवारजनले बताएका छन् ।

सुत्केरीका ससुरा आङनिमा शेर्पाले जिरी अस्पतालको लापरवाहीका कारण शिशुको हात भाँचिनुको साथै बच्चाको आमाशाय समेत फुटेको दावी गरेका छन् । सुत्केरी बेथा लागेपछि बुहारीलाई असार १० गते गोकुलगंगा गाउँपालिकाको एम्बुलेन्स मार्फत जिरी अस्पताल ल्याईएको उनले बताए । 

उनलाई शुरुमा सामान्य प्रक्रियावाटै सुत्केरी गराउन खोजिए पनि अन्तिम समयमा आएर शल्यक्रिया गरिएको थियो । अस्पतालका एमडिजिपि डाक्टर राजु गुरुङ नेतृत्वको टिमले ती युवतीको शल्यक्रिया गरेको बताईएको छ ।

शल्यक्रियाको माध्यमबाट सुत्केरी गराएसँगै अस्पतालले शिशुको अवस्था सामान्य नरहेको बताउँदै काठमाडौं रिफर गर्न सुझाव दिएको थियो । सो क्रममा अस्पतालले शिशुले फोहोर खाएर स्वासप्रस्वासमा असर पुगेको र त्यसले निमोनियाको जोखिम हुने भन्दै तत्काल काठमाडौंको पाटन अस्पताल लैजान सुझाब दिएकाे परिवारजनले बताएका छन् ।

जिरी अस्पतालको शिफारिसमा शिशु र सुत्केरीलाई पाटन अस्पताल पुर्याएपछि चेकजाँच गर्ने क्रममा शिशुको हात भाँचिएको र आमाशाय फुटेको पाइएको पीडितका ससुरा आङनिमा शेर्पाले बताए । परिवारजनले शिशुको हात र आमाशयमा मात्रै नभएर शरीरका अन्य भागमा समेत चोट पुगेको आशंका गरेका छन् ।

गर्भवतीको शल्यक्रियाको क्रममा शिशुको हात भाँचिएको र आमासय फुटेको पाटन अस्पतालले बताए पछि पीडित सुत्केरीका ससुरा आङनिमा शेर्पाले जिरी अस्पतालको लापरवाहीका बिषयमा बोलेको भिडियो सार्वजनिक भएको छ । 

परिवारका अनुसार नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । बिरामीको उपचार गर्ने क्रममा जिरी अस्पतालका स्वास्थ्यकर्मीहरुले राम्रोसँग हेरचाह नगर्ने, बिरामी र बिरामीका कुरुवालाई अनावश्यक रुपमा थर्काउने, झर्किने लगायतको व्यवहार हुने गरेको शेर्पाले बताएका छन् ।

गम्भीर अवस्थाको शिशुलाई अक्सिजन दिनुपर्ने बताएपनि अक्सिजन जोड्न समेत डाक्टर र अन्य स्वास्थ्यकर्मीले ध्यान नदिएको तथा काठमाडौं रिफर गर्दा एम्बुलेन्स चालकले अक्सिजनको अवस्था मिलाउनु पर्ने अवस्था रहेको पिडित पक्षको भनाई छ । पीडित परिवारले लापरवाही गर्ने डाक्टर र स्वास्थ्यकर्मी माथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

शल्यक्रियामा लापरवाही भएको छैनः जिरी अस्पताल

जिरी अस्पतालले भने सुत्केरीको शल्यक्रियाका क्रममा शिशुको हात भाँचिएको र आमाशय फुटेको भनि सार्वजनिक भएको बिषयलाई खण्डन गरेको छ । 

अस्पतालका प्रमुख, डाक्टर रञ्जित झाले शल्यक्रियाको क्रममा आमाशय नैं फुट्ने गरी कमजोरी भएको भन्ने आरोप निराधर रहेको बताए । हाल काठमाडौंमा रहेका डाक्टर झाले शल्यक्रिया गरेर शिशु निकाल्दा हालसम्म त्यस्तो प्रकृतिको घटना नघटेको र सो घटना पत्याउन सक्ने अवस्थाको नरहेको प्रतिक्रिया दिए ।

डा. झाका अनुसार युवतीको पेटमा शिशु उल्टो अवस्थामा रहेको थियो । त्यसलाई शल्यक्रिया गरेर निकाल्दा प्रेसर दिनु पर्ने भएकाले हातमा थोरै प्रेसर परेपनि आन्द्रासम्म फुट्ने सम्भावना नरहेको उनको दाबी छ ।

नवताज शिशुले फोहोर पदार्थ खाएको आशंकामा समयमै थप उपचारकालागि काठमाडौं रिफर गरिएको जिरी अस्पतालले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending