काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उहाँले सो कुरा बताएका हुन् ।
“प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय र विभागसँगको समन्वयनबाट यस क्षेत्रका तागतलाई एकीकृत गरी उपलब्धिमूलक बनाउनु आवश्यक छ, जसको पूर्ण समर्थनमा मन्त्रालय रहेको छ”, मन्त्री बस्नेतले भने । प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेकाले यस पद्धतिलाई सशक्त बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने र यसमा सरकारको पनि सहयोग रहने मन्त्री बस्नेतको भनाइ थियो ।
विभागमा प्राकृतिक चिकित्सकको व्यवस्थाका लागि तत्काल एकजना आठौँ तहको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिँदै उहाँले यो क्षेत्रमा थप जनशक्तिको व्यवस्था गर्दै जाने बताए । आयुर्वेद चिकित्सक डा पुनेश्वर केशरीले प्राकृतिक चिकित्सासम्बन्धी विद्यमान नीति, मापदण्ड, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै संवैधानिक व्यवस्थाअनुसार पालिकासम्म पुर्याउनु आजको आवश्यकता रहेको बताए ।
पूर्वसांसद शङ्कर पाण्डेले मुलुकको भौगोलिक विविधताअनुसार प्राकृतिक चिकित्सासँग सम्बन्धित कार्यक्रम फरक ठाउँमा फरकरुपमा सञ्चालन गर्न आवश्यक रहेको बताउँदै प्रकृतिसँग जोडिएको चिकित्सालाई सबैले अनुसरण गर्न आवश्यक रहेको बताए । योग तथा प्राकृतिक चिकित्सक सङ्घकी डा प्रतीक्षा पाण्डेले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास प्रवर्द्धनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारी तहबाटै पहल गर्नुपर्ने बताए ।
आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: