मकवानपुर । फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गरेका हुन् ।
जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको र त्यहाँ उत्पादित मेसिन जापान निर्यात भएकाे हाे ।
कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण फोहोरबाट नवीकरणीय उर्जा बनाउँदा फोहोर व्यवस्थापन सहज हुने जापानीज वैज्ञानिक मासामोरा यामाजीले बताए ।
यहाँ उत्पादित ३ वटा मेसिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मका जापान निर्यात भइसकेको यामातो इन्टरनेसनलका नेपाली सञ्चालक कृष्ण खतिवडाले बताए । मेसिनले फोहोरमा भएका टिन, फलाम लगायतका बस्तु छानेर अलग गरिदिन्छ ।
कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ ।
मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको निर्माण कम्पनीको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १५:५१
काठमाडौं । नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मे...
मंसिर १३ गते, २०८१ - १५:४५
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका...
मंसिर १३ गते, २०८१ - १५:१३
पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले...
मंसिर १३ गते, २०८१ - १५:११
काठमाडौं । नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने सरकारी गाडी लिएर चुनाव प्रचारमा पुगेका छन् । कपिलवस्तुको शुद्दोधन...
मंसिर १३ गते, २०८१ - १४:५६
लिमा । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ...
मंसिर १३ गते, २०८१ - १४:२६
सुर्खेत । ०७९ को निर्वाचनको परीणामका आधारमा कर्णालीमा चौथो दलका रुपमा रहेको एकीकृत समाजवादी मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि अधिकां...
मंसिर १३ गते, २०८१ - १४:१२
विराटनगर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि प्रमुख तीन दलले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् । ग्...
मंसिर १३ गते, २०८१ - १३:५६
काठमाडौं । वायुको गुणस्तरका आधारमा आज बिहीबार भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्य...
मंसिर १३ गते, २०८१ - १३:५४
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्न...
मंसिर १३ गते, २०८१ - १२:४६
काठमाडौं । भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइड...
प्रतिकृया लेख्नुहोस्: