Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

म बाध्य भएँ, अप्ठ्यारै भयो भने राजीनामा दिन तयार छुः काेशी सभामुख बाबुराम गाैतम

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सरकार टिकाउनको लागि पद छाड्नुपर्ने परिस्थिति आए राजीनामा दिन तयार रहेको बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सभामुख गौतमले तत्कालै राजीनामा नदिए पनि भोलीका दिनमा राजीनामा दिनसक्ने संकेत गरेका हुन् ।

उनीसँग गरिएको कुराकानी संक्षेपमा  ।

तपाईँले राजीनामा कहिले दिने ?
मैले राजीनामा दिने बारेमा सोचेको छैन ।

तपाईँलाई सभामुख भनेर सम्बोधन गर्नु कि प्रदेशसभाको सदस्य भनेर ?
के भनेर सम्बोधन गर्नु हुन्छ भन्ने तपाईँहरूको कुरा हो । अहिलेसम्म म पदमा बहाल छु ।

तपाईँले संसदीय इतिहास धुमिल पर्ने काम गर्नुभयो भन्ने छ, के भन्नुहुन्छ ?
त्यस्तो केही पनि भएको छैन । आजसम्मको परम्परालाई हेर्दा सभामुखहरूको नाम सरकार गठनमा पठाएको देखिन्छ । प्रमाणिक आधारहरूले त्यसलाई पुष्टि नै गरेको छ । राष्ट्रपति कार्यालयमा ती फाइलहरू सुरक्षित नै होलान् भन्ने मैले ठानेको छु । सबै प्रदेश सरकारहरू बन्दा सभामुखको नाम जाने गरेको मैले पाएँ । नाम जान्छ भन्ने कुरामा म ढुक्कै थिएँ । यहाँ विशिष्ट चाहिँ भएको छ। साथीहरूले नाम छुट्टै सही गर्नुपर्ने प्रावधानको विषयमा म तयार थिइन । तपाईँहरूलाई प्रस्टै भन्नुपर्दा म तयार थिइन । अन्तिम अवस्थामा मैले हस्ताक्षर नदिई नहुने अवस्था देखा पर्‍यो त्यसै कारणले गर्दा मैले सरकार बनाउने कुरामा आफ्नो सहमति दिएको हो ।

अन्तिम समयमा आएर तपाईँलाई हस्ताक्षर गर्न कसले बाध्य बनायो ?
त्यो अहिले यसै भन्न सक्दिनँ । यो कुरा मैले निकास दिने कुराको रूपमा बुझ्दा हुन्छ ।

सभामुख पदको तटस्थता रह्यो कि रहेन ?
तटस्थता भन्ने कुरा चाहिँ त्यो संसदीय इतिहासमा पक्ष र विपक्षकै भूमिका हुन्छ । निष्पक्षता भन्ने कुरा कहीँ पनि हुँदैन । सरकार पनि निष्पक्ष हुँदैन । मुख्यमन्त्री आज बन्नुभयो, उहाँले निष्पक्षता शपथ खानुभएको छ । राज्यका सम्पूर्ण निकाय निष्पक्ष हुनपर्छ, तर यसको मतलब के हैन भनेँ मैले सदनमा गर्ने भूमिका म रहँदासम्म निष्पक्ष हुन्छ, यदि त्यो हुन सक्ने स्थिति बनेन भनेँ साँच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भनेँ मैले यहाँ बसिरहनु पर्ने आवश्यकता हुँदैन ।

सरकार बनाउन सभामुख पदलाई दाउमा किन राख्नु भएको त ? 

यो दाउभन्दा पनि परिस्थितिको उपज हो । पहिलो कुरा यो सरकार विघटन हुने बेलामा जुन तयारी हुनुपथ्र्यो । राम्रो कन्फर्टेबल मेजुरिटीको तयारी भएको रहेनछ भन्ने कुरा बुझियो । त्यो नभएपछि सभामुख सहभागी भएरै सरकार बनेको अवस्था छ । अब हरेक विधेयक, बजेटमा पनि समस्या आउने देखियो । त्यस्तो बेलामा प्रत्येक पटक बहुमत सिद्ध गर्न सरकारलाई सभामुखको समर्थन आवश्यक पर्ने देखिन्छ । त्यस्तो आवश्यकताका लागि सभामुखले प्रत्येक पटक सरकारलाई मत दिने परिस्थिति बन्छ कि बन्दैन ? त्यो अवस्था रहिरहने अवस्था हो भने सम्भवतः त्यतिखेर मैले कसैको दबाबले नभएर मेरो इच्छाले नै राजीनामा दिनुपर्ने परिस्थिति आउन सक्छ ।

तपाईँले नैतिकताको प्रश्न गरिरहँदा सभामुखले सरकारलाई समर्थन गर्न नैतिकताले दिन्थ्यो ?
यसको निकास चाहिँ के थियो त ? अब दुई-दुई तिर बाँडिएको छ। यो चाहिँ सरकार नबन्ने निरन्तरताको कारण हामीले यो प्रदेशलाई डेडलक त राख्न सक्दैन थियौँ । पार्टीले दबाब दिएको कुरा छैन । म आफैँले मैले विवेक पुर्‍याएर सरकारलाई समर्थन गरेको हो ।

सभामुखले आफ्नो गरिमा जोगाउन नसकेको भन्ने संविधान विद्को कुरालाई के भन्नु हुन्छ ? सभामुखबाट गिरेर सरकारलाई सघाएको हो ?
त्यो कुरालाई म मान्छु । मैले आफ्नै हैसियतभन्दा तल झरेर गरेको निर्णयमा म सहमत नै छु । म आफ्नो सदनको अध्यक्षको नाताले मैले पक्ष र प्रतिपक्षलाई मिलाएर जानु पर्ने मेरो जुन दायित्व छ त्यसको आधारमा एक पक्षीयरूपमा हस्ताक्षर गर्नु नपरोस् भन्ने मेरो चाहना नै थियो । त्यसकालागि मेरो अन्तिमसम्म प्रयास पनि थियो । त्यो लुकीछिपी पनि छैन त्यो क्लियर नै छ । अन्तिममा निकास के हो त त्यसो भए । निकास विहीन हामीले प्रदेशलाई राख्न सक्दैन थियौं । भोलि त्यसको गृहकार्य कसरी हुन्छ, त्यसको छलफल कसरी हुन्छ, कसरी बन्छ, टिक्छ कि टिक्दैन भन्ने कुरा उहाँहरूले जान्नुहुन्छ । मैले निकास दिनु पर्थ्यो मैले निकास दिएकै हो ।

तपाईंको निर्णय अदालतले उट्याइदिन्छ भन्ने लाग्दैन ?

अदालत हामी सबैले मान्नुपर्ने निकाय हो । अदालतले उल्ट्याउन सक्छ । उल्ट्यायो भने त्यो उसको कुरा हो । मेरो कुरा होइन । 

अब तपाईँ दलको कार्यकर्ता हो कि ?
मैले पनि चुनाव जितेरै आएको अवस्था हो । त्यस्तो अवस्थामा सम्पूर्ण रूपमा पार्टीबाट छुटेको भन्ने हुँदैन । विगतका सभामुखहरु पनि हिजो छाडेको भए पनि आज पार्टीमै हुनुहुन्छ । काम गरिरहनु भएको छ, त्यो नौलो कुरा हैन । अहिले भनेको प्रदेशसभालाई डेडलक राख्नबाट निकास दिएको हो । म सत्ता पक्ष भएको छैन, अहिलेलाई निकासमात्र दिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending