मकवानपुर । राजमार्गमा दुई वटा ट्रक ठोक्किँदा भीषण आगलागी भएको छ । मकवानपुरकाे पूर्वपश्चिम राजमार्गका मनहरी गाउँपालिका ६, डिपाट सडक खण्डमा गएराति भएको दुर्घटनामा आगलागी भएकाे हाे।
आगलागीमा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुईवटा ट्रक जुधेपछि लागेको आगोमा ट्रकमा सवार तीन जनाको ज्यान गएको हाे । मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवनको राप्ती नगरपालिका-८ बस्ने २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुरको मनहरी-३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका छन् ।
घाइते हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकमा सवार चितवनको राप्ती-३ बस्ने ३५ वर्षीय विवेक तमाङ र ना ६ ख ६३१ नम्बरको ट्रक चालक मनहरी-३ बस्ने ३२ वर्षीय अर्जुन कुमार प्रजा रहेको बताइएको छ।
राति पौने २ बजे पूर्वबाट नारायणगढतर्फ गइरहेको ना. ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट हेटौंडातर्फ आइरहेको ना. ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए ।
दुर्घटनालगत्तै घटनास्थल पुगेपनि दमकलको सुविधा नहुँदा आगो निभाउन नसकिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए ।
भनेको समयमा दमकल नपाइएकाे र पछि २ वटा दमकल आएर बल्ल बल्ल आगो नियन्त्रणमा लिइएकाे उनकाे भनाइ छ ।
भयंकर आगलागी भएका ट्रक र जलेका शवलाई निकालेपछि बिहान साढे ६ बजेदेखि राजमार्ग सुचारु भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: