Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

डोल्पाली शिक्षक यार्सा बेच्न चीनतिर, विद्यालय शिक्षकविहीन

डोल्पा । हरेक वर्ष डोल्पामा यार्सा सिजनको सुरुवात भएसँगै जिल्ला शिक्षा कार्यालय डोल्पाको निगरानीमा रहेका डोल्पाली शिक्षक अहिले फेरि विवादमा परेका छन् । जेठदेखि असारसम्म सिजन सुरु भई एक महिनापछि सकिएको यार्सा सिजनमा डोल्पाली शिक्षकहरु यार्सागुम्बा सङ्कलन गर्न हिमाली पाटन जाने र यार्सा सिजन सकिएलगत्तै विद्यालयनै शून्य पारेर शिक्षक यार्सागुम्बा बिक्री वितरणका लागि चाइनातिर जाने गरेकाले डोल्पाली शिक्षक पटकपटक विवादमा फस्ने गरेका हुन् । यस वर्ष पनि डोल्पाका ९० जनाभन्दा धेरै बहालवाला शिक्षक विद्यालयमा पढाउन छाडेर छिमेकी राष्ट्र चीनतिर लागेका छन् । शिक्षक चीनतिर लागेपछि डोल्पाका दर्जनौँ विद्यालय शिक्षकविहीन भएका छन् भने हजारौ विद्यार्थी शिक्षा लिन पाउने अधिकारबाट वञ्चित भएका छन् । जिल्लाका अधिकांश विद्यालयका शिक्षक यार्सागुम्बा बेच्न चीन गएको खबर पाएकाले सम्बन्धित विद्यालयमा अनुगमनका लागि विद्यालय निरीक्षक, स्रोत व्यक्तिसहितको टोली विद्यालय अनुगमनका लागि उपल्लो डोल्पा तथा तल्लो डोल्पाका विद्यालयमा  पठाइएको जिल्ला शिक्षा अधिकारी समन्तमणि आचार्यले बताए । उनका अनुसार विद्यालय छाडेर चीन जाने शिक्षकलाई  यार्चागुम्बा व्यापारमा चीन गएको पुष्टि भएमा आवश्यक कारबाही गरिने समेत उनले बताए । अहिलेसम्म उपल्लो डोल्पामा सुरक्षाका लागि बसेको प्रहरी चौकीबाट पाएको जानकारी तथा विभिन्न माध्यमबाट डोल्पाका दर्जनौँ विद्यालयका ९० जना जति शिक्षक चीन गएको खबर आएकोसमेत उनले जानकारी दिए । पढाउन छाडेर यार्चागुम्बा व्यापारमा चाइना गएका शिक्षकको नामावली सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयले सक्दो सहयोग गरिरहेको उनले बताए । यसरी भोलिका भविश्यका कर्णधार हजारौँ विद्यार्थीको भविश्यमा खेलवाड गर्ने शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग डोल्पालीले राखेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending