Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

स्पष्टीकरणकै भरमा एमालेले खुलायो संसद् अवरोध

खबरडबली संवाददाता

काठमाडौँ।  संसद् अवरोध सुरु गरेको एक सातामै नेकपा एमालेले संसद् खुलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएपछि एमाले रुष्ट बनेको थियो।

 एमालेले लगातार संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको थियो। पहिलो चरणमा प्रधानमन्त्रीको राजीनामा माग गरेको एमालेले दोस्रो चरणमा गृहमन्त्री र प्रधानमन्त्रीका प्रेस सल्लाकारको माग गर्यो।

यस सन्दर्भमा प्रधानमन्त्रीले पटकपटक संसद्मा उभिएर स्पष्टीकरण दिन पाउनुपर्ने माग राखे। तर एमाले पछि हटेन। पुुस्तक विमोचन समारोहमा प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन एक व्यक्तिले दिल्ली र नेपालका विभिन्न ठाउँमा कुरा पुर्याएको बताएका थिए। तर एमाले र अन्य प्रतिपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाइरहे।

'हामीलाई प्रधानमन्त्रीको राजीनामा चाहिन्छ। अरु कुरा चाहिँदैन,' एमाले सचेतक महेश बर्तौलाले भनेका थिए। एमालेलाई आश्वस्त पार्न सत्तारुढ दलहरु चरणबद्ध बैठक बसे।

आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चल्यो। संसद् अवरोध हटाउने सहमति पनि भयो। तर ओलीले पुन विवाद झिके।

प्रेस सल्लाहकारले लेखेको स्पष्टीकरणप्रति ओली रुष्ट बन्दा संसद् नचल्ने देखियो। तर सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठकले भने सहमतिमा पुर्यायो। आजको संसद्मा पनि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्यो।

एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री कसले बनाएको भन्दै स्पष्टीकरण माग गरे। यसपछि बोलेका अन्य प्रतिपक्षी दलका नेताले समेत सोही कुरा दोहार्याए।

प्रधानमन्त्री प्रचण्डले रोस्टममा उभिएर आफूले प्रधानमन्त्रीका रुपमा नभई व्यक्तिगत सम्बन्धका आधारमा अभिव्यक्ति दिएको प्रस्ट्याए। 'यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिन। म ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे ।’

उनले स्वभावजन्य भावुकताका लागि आत्मसमीक्षा गरेको समते उनले बताएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies