Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

देश, स्वाधीनता र इतिहासको कुरामा मात्रै अदालतको आदेश मान्दिनँ भनेको हुँ : बालेन (अन्तर्वार्ता)

भारतीय मिडियालाई जवाफ- मैले आदिपुरुषको विरोध गरेको हुँ, भारतको होइन

खबरडबली संवाददाता

नेपालमा भारतको व्यापार छ । यहाँका नागरिकले यो सही होइन भन्न सक्नुपर्छ । भारतको फाइदाको लागि हामीले हाम्रो स्वाधीनता छोड्ने त कुरै हुँदैन ।

भारत र नेपालको सम्बन्ध राम्रो होस् भन्ने मेरो पनि चाहना छ । नेपालमा पर्यटनको निकै सम्भावना छ । यहाँ भारत र चीनको पर्यटक मात्रै आए पनि पर्याप्त छ ।

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए । उनको यो निर्णयलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो ।

अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।

यस्तो छ बालेनसँग भाष्कर दैनिकको संवाद :

हिन्दी फिल्ममा प्रतिबन्ध लगाउनुपर्ने अवस्था कसरी आयो । जबकी तपाईंसँग यस्तो गर्ने पावर पनि छैन ?

मलाई त यो प्रश्न नै चित्त बुझिरहेको छैन । आफ्नो अधिकार क्षेत्र बाहिर म कसरी गएँ, त्यो कुरा तपाईंले नै मलाई भन्नुहोस् । 

यो प्रश्न सोध्नुको एउटा कारण के हो भने नेपालको संविधान अनुसार स्थानीय निकायलाई कुनै पनि फिल्म प्रतिबन्ध गर्ने अधिकार छैन । यसका लागि सेन्सर बोर्ड छ । तपाईंले कसरी प्रतिबन्ध लगाउनुभयो ?

हामीले देशै भरी फिल्म रोकेका होइनौँ । पूरा देशमा हामीले कुनै पनि फिल्म रोक्न सक्दैनौँ तर हाम्रो स्थानीय सरकारको दायरामा आउने हलमा कस्तो फिल्म देखाउने, के देखाउनु सही हो, त्यो हामी निर्णय गर्न सक्छौँ ।

महानगरपालिकाको काम त सहरको व्यवस्थापन हेर्नु, कर उठाउनु हो । फिल्म प्रतिबन्ध गर्ने निर्णय किन लिनुभयो ?

संविधानको धारा–४८ मा नागरिकको कर्तव्य लेखिएको छ । देशको पहिचान, स्वाधीनता, इतिहासलाई बचाएर राख्ने हरेक नागरिकको जिम्मेवारी हो । यो एक मेयरको मात्र कर्तव्य होइन । आदिपुरुष रामायणमा बनेको आधिकारिक फिल्म हो । यो विश्वभर चलिरहेको छ । यति ठुलो जनसङ्ख्यालाई प्रभावित गर्ने फिल्ममा कुनै अर्को देशकी विभूति सीतालाई भारतको हो भनेर बताइएको छ । यो नेपालको मात्रै आपत्तिको विषय होइन ।

यो फिल्म विश्वको जुन मुलुकमा चलिरहेको भए पनि प्रतिबन्ध लगाउनुपर्छ । नेपालमा त म मेयरको हैसियतमा बोलिरहेको छु । यसमा हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । नेपालमा मात्रै सेन्सर गरेर चलाउनुको अर्थ छैन । यसो गर्दा त केही पनि फरक पर्दैन । 

यसलाई यसरी बुझौँ । बलिउडका फिल्ममा पाकिस्तानमा गोली मात्रै चलेको, बम पड्किएको मात्रै देखाइन्छ । त्यो देखेर श्रीलङ्का र नेपालका नागरिकलाई पाकिस्तान जान नै डर लाग्छ । मानिसलाई लाग्छ कि पाकिस्तानमा त आतङ्ककारी मात्रै बस्छन् । फिल्मले यस्तो खालको इमेज बनाउँछ । फिल्म यति शक्तिशाली हुन्छन् कि यसले मानिसको सोच फेर्न सक्छ । यदि कुनै फिल्मले सीतालाई भारतीय बनाउँछ भने मानिसले यसलाई नै सही मान्न थाल्छन् । नेपालको नागरिकको हिसाबले यसको विरोध गर्नुपर्छ ।

सबै हिन्दी फिल्मको विरोध किन गरिएको भने यो हाम्रो देशमा बिकिरहेको छ । नेपालमा भारतको व्यापार छ । यहाँका नागरिकले यो सही होइन भन्न सक्नुपर्छ । भारतको फाइदाको लागि हामीले हाम्रो स्वाधीनता छोड्ने त कुरै हुँदैन । भारतमा पनि सेन्सर बोर्ड छन् । यसले पनि यस्तो चिज रोक्नुपर्छ ।

भारत सरकारले यसलाई रोक्न सक्दैन भने हामीले रोक्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ तर यो कारणले हामी नेपालको स्वाधीनतासँग सम्झौता गर्न सक्दैनौँ । यस्तो पहिला पनि भइसकेको छ । फिल्म ‘चांदनी चौक टु चाइना’ फिल्ममा बुद्धबारे गलत कुरा गरिएको छ । अनिल कपुरको फिल्म थियो घरवाली–बाहरवाली । त्यसमा पनि गलत देखाइएको थियो । त्यति बेला पनि फिल्म प्रतिबन्ध भएको थियो । भारत सरकारले आफ्नो सेन्सर बोर्डका सदस्यलाई सम्झाउनु पर्छ । यसो गरे दुई देशको व्यापार र सम्बन्ध बिग्रन सक्छ भनेर बुझाउनुपर्छ ।

जुन संवादका कारण तपाईंले आदिपुरुष प्रतिबन्ध गर्नुभयो, त्यो त फिल्ममा छँदै छैन । नेपालको सेन्सर बोर्डले त्यसलाई हटाइदिएको थियो । यस्तोमा प्रतिबन्ध नै किन गर्नुपर्‍यो ?

नेपालमा जसले फिल्म हेरे, उनीहरुले त्यो डाइलग हेर्न पाएनन् । सेन्सर बोर्डले त्यो काटिदिएको थियो । भारतको मूल कपीलाई यहाँ कसैले हेरेका थिएनन् । भारतीय पक्षसँग कसैले यो कुरा उठाएनन् । नेपाली जनताले त यो डाइलग सुनेकै छैनन् भने कसरी यसबारे भन्छन् ?

तपाईंले लगातार भारत विरोधी बयान दिइरहनुभएको छ, त्यसलाई सच्याउनुपर्छ जस्तो लाग्छ ?

मलाई यस्तो लाग्दैन । आदिपुरुषका लेखक (मनोज मुंतशिर) ले पनि त माफी मागेका छैनन् । 

एक पटक ऋतिक रोशनको बयानमा काठमाडौँमा हिंसा भएको थियो । धेरैको ज्यान गएको थियो । पछि ऋतिक रोशनले यस्तो कुनै पनि बयान दिएका थिएनन् भनेर थाहा भयो । यस्तो विषयमा अलि संवेदनशील हुनुपर्छ जस्तो लाग्दैन ? 

मैले आधारहीन कुरा थरेको भए मैले यसबारे सोच्नुपर्दथ्यो । यो कुराको पुष्टि त फिल्मका लेखकले नै गरेका छन् । यदि त्यो दृश्यमा त्यस्तो केही थिएन भने सेन्सर बोर्डले किन कैँची चलायो । यस्तोमा मेरो बयानको आधार त छ नै । यस्तो भन्नुको अर्थ भारत विरोधी हुनु होइन । भारतीय जनताविरुद्ध उभिनु पनि होइन । ऋतिक रोशनको मुद्दा यहाँ यस कारण जोड्न सकिँदैन किनभने त्यति बेला हामी पूरा भारत विरोधी भएका थियौँ । 

पाटन उच्च अदालतले भारतीय फिल्ममाथि प्रतिबन्ध हटाउने आदेश दियो तर तपाईंले न्यायपालिका र नेपाल सरकार भारतको गुलाम भइसकेको भनेर लेख्नुभयो । के तपाईंले आफूले आफैँलाई योभन्दा माथि मान्नुहुन्छ ?

म आफूलाई त्यो स्तरको राजनीतिज्ञ नभई नागरिक सम्झन्छु ।

कोही नागरिकले अदालतलाई चुनौती दिन सक्छ ?

मैले चुनौती दिएको होइन । मैले आफू सजायका लागि तयार छु भनेको हुँ । यसको अर्थ म अदालतलाई मान्दिनँ भनेको होइन । देश, स्वाधीनता र इतिहासको कुरा जब आउँछ, तब म मान्दिनँ ।

भारत-नेपाल सम्बन्धबारे तपाईं के सोच्नुहुन्छ ?

भारत र नेपालको सम्बन्ध राम्रो होस् भन्ने मेरो पनि चाहना छ । नेपालमा पर्यटनको निकै सम्भावना छ । यहाँ भारत र चीनको पर्यटक मात्रै आए पनि पर्याप्त छ । युरोपका पर्यटक नभए पनि केही फरक पर्दैन । त्यसैले सांस्कृतिक–धार्मिक र पर्यटनको हिसाबले राम्रो सम्बन्धको आवश्यकता छ । 

तपाईंले भारतीय संसद्‌मा  नक्साको जवाफमा आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभयो । तपाईंले भारतले केही गर्दा तुरुन्त प्रतिक्रिया किन दिनुहुन्छ ?

भारतले संसद्‌मा राखेको नक्सालाई सांस्कृतिक नक्सा बतायो । हामीले पनि ग्रेटर नेपालको नक्सालाई ऐतिहासिक भनेर राख्यौँ ।

काठमाडौँमा हिन्दी फिल्म प्रतिबन्ध छ । नेपालका हिन्दी चलचित्र उद्योगीलाई प्रतिबन्ध फिर्ता लिने आश्वासन दिनुहुन्छ ?

अदालतले त प्रतिबन्ध हटाएको छ । म के भन्न चाहन्छु भने नेपाल सरकारले भारत सरकार र उसको सेन्सर बोर्डलाई कुनै पनि देशको इतिहासलाई तोडमोड गरेर पेस गर्नु हुँदैन भनेर भन्नुपर्छ । मनोरञ्जनको नाममा कुनै देशको इतिहासलाई बङ्ग्याएर पेस गर्नु हुँदैन । दुवै देशले यसमा निर्णय लिए भने समस्या हुँदैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending