काठमाडौं । झापाको कमल गाउँपालिकामा भएको असारे चटारोको काम एक साता पनि टिकेको छैन । असारमा हतारमा काम गर्ने प्रवृत्तिका कारण विकासका कामहरु एक साता पनि नटिकेका हुन् ।
सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको कमल गाउँपालिकाको गुहारीदेखि गौरादह नगरपालिकाको दाम्म्राभिट्टा जोड्ने सडक पक्की गरेको एक हप्तामै कालोपत्रे उप्किएको छ ।
०८१ असारमा सक्ने गरी सडक डिभिजन कार्यालय दमकले १३ किलोमिटरको यो सडक ०७९ असारमा १८ करोडमा ठेक्का लगाएको यो सडक निर्माणको जिम्मा गीताञ्जली जे एन्ड जे जेभीले लिएको थियो । यो सडकको पहिलो खण्डअन्तर्गत कमल गाउँपालिका– ७ मा पर्ने करिब ६ किलोमिटर सडकको गुणस्तरमाथि प्रश्न उठेको छ । बर्खाको मौसममा हतारमा कालोपत्रे गर्दा केही दिनमै कालोपत्रे उप्किएको स्थानीय बताउँछन् ।
राति कालोपत्रे गर्न नपाइने हुँदाहुँदै रातारात कालोपत्रे गरेको सडक एक हप्ता पनि नभई उप्किएको र आफुहरुले गएर हेर्दा सडक गुणस्तरहीन बनेको देखिएकाे कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलमाथि नै शंका उब्जिएको र सडक पुनः कालोपत्रे वा मर्मत नभए डिभिजन प्रमुखलाई विभागीय कारबाही गर्नुपर्ने आफुहरुकाे माग रहेकेा उनकाे भनाइ छ ।
गत वर्ष नै ठेक्का लागेको यो सडक निर्माणको काम निर्माण कम्पनीले मध्य असारको झरीमा रातारात गरेका कारण कालोपत्रे उप्केको स्थानीयको भनाइ छ । यद्यपि, सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले भने सानो कुरालाई ठूलो बनाइएको भन्दै बचाउ गरे। उनले काम गुणस्तरीय भएको दाबी पनि गरे ।
काम गर्दा–गर्दै दुई ठाउँमा अलिकति बिग्रिएको र निर्माण कम्पनीले चार किलोमिटर पिच गरिसकेकाे उनले बताए । दुई मिटर सेक्सनमा पनि काम नबिग्रिएको बताउँदै उनले फेरि बेलुका गरेको बिहान खोतल्न थालीएकाे आराेप उनले लगाए । उक्त सडक बाक्लो पिच नभएकाे र सस्तो प्रविधिको भएकाेले सेट हुन नपाइ सडक खाेतीएकाे उनले बताए । बिग्रेको ठाउँमा सुधार गर्नु पर्ने र लापरबाही नभएकाे बताउँदै उनले सडक निर्माणमा हेलचेक्र्याइँ नभएकाे उनले बताए । सानो कुरालाई ठूलो बनाइएकाे उनकाे भनाइ छ ।
पौडेलले काम गर्ने समय नै कम भएकाले असारमा काम गर्नुपर्ने अवस्था आएको बताए । गुनासो आएपछि प्राविधिकको टोलीले जाँच गर्ने क्रममा केही समस्या नदेखिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलकाे दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: