Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ओखलढुंगाकाे लिखुमा जनप्रतिनिधि र कर्मचारीकाे मनपरी

गाउँपालिका केन्द्रमै बसेर उपभाेक्ता समिति गठन र लाखाैं रकम निकासा

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा असार लागे सँगै असार १५ देखी लाखौंका योजनाहरु पास भएका छन् । असार लागे सँगै गाउँपालिकाकामा  लाखौंका योजनाहरु १५ असार देखी २५ असारमा पास भएका हुन् ।

महिनौ अगाडी वडाका योजनाहरुको काम सकिए लगतै गाउँपालिकामा अन्तिम निकासाका लागि जाँदा अनुगमन नगरी निकासा रोकीएको थियो । तर, असार मसान्तमा गाउँपालिकामा दर्जनौ योजनाहरु नत अनुगमन भयो नत उपभोक्ता समितीका सदस्य नै गाउँपालिकामा जान पर्यो ।

वडा अध्यक्ष र समाजका केही अगुवाहरुको नेतृत्वमा गाउँपालिकामा दर्जनौ योजनाहरु काम नै नभइ पास भएका छन् । तत्कालीन जिल्ला विकास समितिको झल्को आउने गरी यो असारमा गाउँपालिकामा वडामा रहेका टाठाबाठाहरुले लाखौं रकम निकासा गरेका स्थानीयको भनाइ छ ।

अधिकाँश योजनाहरु काम नै नभइ कर्मचारी र वडा अध्यक्षहरुको मिलेमतोमा पास भएका सर्वसाधरण बताउँछन् । केही वडामा त कतिपय योजनाको नामै नसुनीएको तर गाउँपालिकाबाट रकम निकासा भएको स्थानीयको आरोप छ ।

गाउँपालिकाको वडा नं. ८ मा कुण्डलेश्वर महादेव मन्दिर जाने बाटोमा बनाइएको प्रतिक्षलयको कार्य सम्पन्न गरी गत पौषमा उपभोक्ता समिति अन्तिम निकासाका लागि गाउँपालिका जाँदा आफुले अनुगमन नगरी निकासा गर्न रोक्ने  गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले असारको १५ पछि दर्जनौ योजनाहरुमा अनुगमन गर्न नपर्ने भन्दै अनुगमन नगरी योजना पासका लागि सिफरिस गरीएको गाउँपालिकाकै जननिर्वाचित जनप्रतिनिधिहरु बताउँछन् । कतिपयले त थापा सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा सक्रिय रहने तर जनताको काममा ध्यान नदिने समेत आरोप लगाउन थालेका छन् । 

असार लागे सँगै गाउँपालिका केन्द्रमा केही वडा अध्यक्षहरुले त योजनाको कामै नभएको उपभोक्ता समितीका सदस्यहरुको किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको बताइएको छ । कतिपय वडा अध्यक्षहरुले कर्मचारी सँगको मिलेमतोमा लाखौंको योजनाहरु पास भएको लिखुका जनप्रतिनिधिहरु नै बताउँछन् ।

गाउँपालिकामा कतिपय योजनाहरु त कामै नभइ असार मसान्तको नाममा रकम निकासा भएको र उक्त रकम कागजी प्रकृया मलिाएर जनप्रतिधि र कर्मचारीले खाने गरेको आफु प्रष्ट भएको एक निर्वाचित वडासदस्यले बताए ।  

असारको पहिलो हप्ता देखी प्राय वडा अध्यक्षहरु गाउँपाकिा केन्द्रमै देखीएका र केही वडाहरुमा योजना संझौता भएका योजना बाहेकका नयाँ योजना समेत बनेर केही रकम गएको गुनासो आएको गाउँपालिका अध्यक्ष अशोक कार्कीले बताए । यसरी कामै नगरी रकम निकासा गरेकेा पाएकाे खण्डमा कर्मचारी र जनप्रतिनिधि दुबैलाई कारबाही गरीने उनकाे भनाइ छ । उनले असारको पहिलो हप्तादेखी अन्तिम समय सम्म आफैलाई पनि गाउँपालिका केन्द्रले तत्कालिन जिल्ला विकास समितिको झल्को दिएको  भने स्वीकार गरे । 
कागजी प्रकृया पुगेका योजनाहरुलाई आफुले रोक्न नमिल्ने भएका कारण पनि कतिपय योजनाहरुलाई बिना अनुगमन पास गरीएको कर्मचारीहरु बताउँछन् । कतिपय योजनाहरु काम सम्पन्न भएको कागजहरु आइ सके पछि त रोक्नै नमिल्ने र अनुगमनको पाटो आफ्नो नभएको नाम नबताउने सर्तमा गाउँपालिकाका एक कर्मचारीले बताए ।
गाउँपालिकामा कामै नभई र उपभोक्ता समिति गाउँपालिका केन्द्रमै बसेर बनाई एक दर्जन बढी योजनाहरु पास भउको र रकम निकासा भएको बताइएको छ ।
गाउँपालिका केन्द्र यसमको एउटा कोठामा बसेर उपभोक्ता समिति बनाउँदै किर्ते हस्ताक्षर गर्दै योजना सम्झौता गरेर लाखौं रकम हिनामिना गर्नेलाई कारबाही कसले गर्ने ? अहिले सबैले यो प्रश्न गरी रहेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending