Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

के क्यानको अध्यक्षमा पारस खड्काले उम्मेदवारी दिँदैछन्?

खबरडबली संवाददाता

काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिका लागि आगामी असोजमा निर्वाचन हुँदैछ। गत असार १५ गते बसेको क्यानको बोर्ड बैठकले असोज ५ र ६ गते कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको थियो। 

केन्द्रीय कार्यसमितिको निर्वाचनअघि साउन मसान्तसम्म जिल्ला र भदौ दोस्रो सातासम्म प्रदेशको निर्वाचन हुँदैछ। जिल्ला तथा प्रदेश अधिवेशनबाट छानिने प्रतिनिधिले केन्द्रीय कार्यसमितिको निर्वाचनमा भोट हाल्नेछन्।

अहिले क्यानमा आबद्ध जिल्लाहरूले साधारण सदस्यता वितरण र नवीकरण कार्य अघि बढाइरहेका छन्।

जिल्ला निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत् सम्बन्धित व्यक्तिहरूलाई सदस्यता लिन तथा नवीकरण गर्न आह्वान गरेका छन्।

जिल्ला संरचनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले महत्वपूर्ण भूमीका खेल्न सक्छन्। नेपालमा क्रिकेट क्लबको उपस्थिति कम भएको अवस्थामा जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सदस्यता बढी हुने देखिन्छ।

‘अहिलेका लागि सबैभन्दा महत्वपूर्ण विषय भनेको जिल्लाको चुनाव रहेकोले सम्पूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरू, अम्पायरहरू, स्कोररलगायत क्लब स्टेकहोल्डरहरूलाई आ(आफ्नो जिल्लामा गएर सदस्यता लिन हार्दिक अनुरोध गर्दछु,’ खड्काले भिडिओ पोस्ट गर्दै भनेका छन्। 

यस्तै उनले असल नेतृत्व छानेर नेपाली क्रिकेटलाई ठूलो उर्जा दिन पनि आह्वान गरेका छन्।

उनको भनाइ छ, ‘नेपाल क्रिकेट संघको विधानले दिएको हक अधिकार प्रयोग गरेर जिल्लादेखि नै असलरराम्रो नेतृत्व छानेर यहाँहरूले नेपाली क्रिकेटलाई ठूलो उर्जा दिन सक्नुहुनेछ। नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै हाम्रो संरचना फेरवदल गर्नु पर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेकहोल्डरलाई नेपाल क्रिकेटको विधान र आचार सिंहता लागू हुने गरी आ-आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडी बढाउनलाई महत्वपूर्ण भूमीका खेल्न हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्दछु।’

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy