काठमाडौँ । ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा नेपाल एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध चार विकेटले पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले प्रस्तुत गरेको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा तयाब ताहिरले ५१ रन बनाए । तयाबले ६७ बलमा ६ चौका प्रहार गरे । ओमाइर बिन युसुफले ३६, कमरान घुलामले ३१, सैम आयुबले २४ र हसिबुल्लाहले १२ रन जोडे । पाकिस्तानका कप्तान मोहम्मद ह्यारिस भने नौ रनमा आउट भएका थिए ।
नेपालका ललित राजवंशीले तीन विकेट लिए । पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।
त्यसअघि ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो ।
नेपालका लागि सोमपालले ७५ रन बनाए । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । ७२–८ को नाजुक अवस्थामा सोमपालले प्रतिश जिसीसँग अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । सोमपालले प्रतिशसँग नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । प्रतिशले टिमको खातामा २६ थपे ।
यस्तै, सोमपालले १३०–९ को अवस्थामा रहँदा ललित राजवंशीसँग ४९ रनको साझेदारी गर्दै नेपालको इनिङलाई १७९ सम्म पुर्याए । अविजित रहेका ललितले एक रन बनाए ।
सुरुआतदेखि नै धरासायी बनेको नेपाली इनिङ्समा कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७ रन जोडे । त्यस्तै, गुल्सन झाले १३ र ओपनर आसिफ शेखले १२ रन बनाए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले चार, कुशल भुर्तेल र पवन सर्राफ समान एक रनमा आउट भएका थिए । भीम सार्की डकआउट भए ।
पाकिस्तानका साहनवाज दाहानीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका दाहानीले तीन मेडन राख्दै ३८ रन खर्चिए । मोहम्मद वसिमले समान चार र मुबासिर खानले एक विकेट लिए ।
प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्ने छ । नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छ ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् ।
प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: