काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ।
नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सरकारमा सामेल नहुने पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाएपछि शपथ रोकिएको हो।
नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई फिर्ता बोलाएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो।
शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु आज दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए।
केन्द्रको निर्णय र सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सरकारमा सहभागी नहुने अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री शाहलाई पत्राचार गरेर जानकारी दिएकी थिइन्।
उन्मुक्तिको पत्रले सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारको कार्यमा पुनः अन्योल सिर्जना भएको छ। यसअघि जेठमा नै गठबन्धनको भागबण्डामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय उन्मुक्तिको भागमा परेको थियो।
त्यस बेला पनि उन्मुक्ति सरकारमा सामेल भएको थिएन। नागरिक उन्मुक्तिले दुई पूर्ण र राज्यमन्त्रीमा दाबी गर्दै आएको छ।
दुई पूर्ण मन्त्रालयका लागि उन्मुक्तिले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई अघि सारेको थियो। पार्टी भित्रको विवादपछि अहिलेका लागि शपथ ग्रहण रोकिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: